ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेले पीएसओलाई डिपोजिट गर्न लगाए १ करोड १४ लाख


ABC NEWS
८ जेष्ठ २०८०, सोमबार   ९ : ५१   बजे

काठमाडौँ ८ जेठ। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रलोभन देखाइ ठगेको आरोपमा ३२ जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सो प्रकरणका एक आरोपितका रूपमा थुनामा छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा सचिव पाण्डेले गिरोहसँग लिएको १ करोड १४ लाखको हिसाब प्रहरीले फेला पारेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार तत्कालीन गृह सचिव पाण्डेले १ करोड १४ लाख नगद बैंक खातामा डिपोजिट गराएका हुन् ।

सचिव पाण्डेले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) लाई रकम डिपोजिट गर्न लगाएको अनुसन्धानबाट थाहा भएको प्रहरी स्रोतको भनाइ छ ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘तत्कालीन गृह सचिव पाण्डेले पीएसओलाई रकम डिपोजिट गर्न लगाएको भेटिएको छ ।’

गिरोहबाट लिएको रकम उनले ४ वटा छुट्टाछुट्टै बैंकमा डिपोजिट गरेका हुन् । शरणार्थी प्रकरणमा लिएको रकम फरकफरक समयमा ७ पटक आफ्नो बैंक खातामा पाण्डेले डिपोजिट गरेका थिए ।

नक्कली शरणार्थीपूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३२ जनालाई प्रहरीले विपक्षी बनाएर सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले २७ करोड ५० लाख ७४ हजार ५ सय रुपैयाँ बिगो मागदाबी लिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रभावितलाई निसर्ग हस्पिटलबाट ११ लाख ११ हजार सहयोग, तीज कार्यक्रम स्थगित

रसुवातर्फबाट फेरि बाढी आउन सक्ने भन्दै नुवाकोट प्रहरीको सतर्कता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu