काठमाडौँ, ९ जेठ । मन्त्रिपरिषद्को बैठक बस्दै छ । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गरिएको छ । यसअघि हप्ताको दुई दिन (सोमबार र बिहीबार) बस्दै आएको एक महिनाअघिदेखि एक दिन (मंगलबार) मात्रै बस्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्