ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर वर्षा र तराईमा हावाहुरीको सम्भावना


एबीसी न्यूज
९ जेष्ठ २०८०, मंगलबार   ९ : ४८   बजे

 

काठमाडौँ, ९ जेठ

मंगलबार देशभर वर्षा तथा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बिहान दिएको जानकारीअनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद् झाका अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ। ‘अहिले बादल विकास भइरहेको छ’, उनले भने, ‘१०र११ बजेपछि पानी पर्ने अनुमान गरिएको छ।’

साथै आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको उनले जानकारी दिए।

मौसमविद् झाका अनुसार केही स्थान भन्नाले थोरै स्थानभन्दा अलि बढी ठाउँ भनेर बुझ्नुपर्छ।

यस्तै आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अगाडि भनिएको छ– कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा ९बुधबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu