ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार दोस्रो जितसँगै नेपाल र भारत सेमिफाइनलमा


एबीसी न्यूज
९ जेष्ठ २०८०, मंगलबार   ४ : ४८   बजे
काठमाडौँ ९ जेठ । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा लगातार दोस्रो जित निकाल्दै आयोजक नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

एकपक्षीय खेलमा नेपालले बंगलादेशलाई २५–१०,२५–८ र २५–९ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका चार युवा खेलाडीले राष्ट्रिय भलिबल टोलीमा डेब्यु गरेका छन्। बंगलादेशविरुद्धको खेलमा प्रगती नाथ, पूजा चौधरी, कविता भट्ट र सेटर शान्ती कला राईले डेब्यु गरे।

नेपाल रहेको समूह ए बाट भारत र नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान बनाएका हुन्।

आजै भएको समूह ए को पहिलो खेलमा भारतले काजकिस्तार्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो।

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको भारतले दोस्रो सेट २५–८ र अन्तिम सेटमा २५–८ को सहज जित निकाल्यो।

लगातार दोस्रो जित निकालेका नेपाल र भारतले समान ६ अंक जोड्दै सेमिफाइनल पुगेका हुन्। समूह चरणको अन्तिम खेलमा भोलि नेपाल र भारत तथा बंगालदेश र कीर्गिस्तान खेल्नेछन्।

आजै भएको समूह बी को पहिलो खेलमा काजकिस्तानले श्रीलंकामाथि ३–१ को संर्घषपूर्ण जित निकालेको छ। काजकिस्तानले श्रीलंकामाथि २५–१६, २८–२६ ,२५–१८, २९–२७ को सर्घषपूर्ण जित निकाल्यो।

काजकिस्तानले पहिलो सेटमा २५–१६ को सहज जित निकालेको थियो। दोस्रो सेटमा काजकिस्तानले श्रीलंकामाथि २८–२६ को निकै संघर्षपूर्ण जित निकाल्यो। तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको श्रीलंकाले काजकिस्तानमाथि २५–१८ को सहज जित निकालेको काजकिस्तानले चौथो तथा अन्तिम सेटमा २९–२७ ले हरायो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

तीन लगातार जितसहित नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu