ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादीलाई कांग्रेसको पत्र


एबीसी न्यूज
१० जेष्ठ २०८०, बुधबार   ७ : ४०   बजे

विराटनगर, १० जेठ । कोशी प्रदेश सरकारमा रहेको नेकपा माओवादी केन्द्रलाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले औपचारिक पत्र पठाएको छ । सङ्घीय गठबन्धनअनुसार कोशी प्रदेशमा गठबन्धन नभएको भन्दै एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन कांग्रेसले माओवादीलाई पत्र पठाएको हो ।

जेठ ४ गते बसेको कांग्रेस संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो । निर्णय भएको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोलाई पत्र पठाएका हुन् ।

पत्रमा अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर गठबन्धन दलहरूको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरिएको छ । पत्रमा गठबन्धन दलहरूको मर्म र भावनाअनुरूप कोशी प्रदेशमा पनि सङ्घीय गठबन्धनअनुरूप नै सरकार गठन गर्ने वातावरण तयार गर्न आग्रह गरिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पठाएको पत्र प्राप्त भएको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए । उनले आफूलाई प्राप्त भएको पत्र प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई पठाउने बताए ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन’, उनले भने, ‘यसबारेमा केन्द्रबाट कुनै निर्देशन र सल्लाह भएको छैन । पत्र प्राप्त भएपछि यसबारेको जानकारी पार्टीलाई गराउने छु ।’ बजेट र विधेयकहरू पास गर्ने नगर्ने विषयमा आफैं निर्णय गर्ने भए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने विषयमा भने केन्द्रको निर्देशन पर्खिने आङ्वोले बताए । उनले पार्टी केन्द्रले दिएको निर्देशन र निर्णयअनुसार प्रदेशले काम गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group