ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेन्नई फाइनलमा


एबीसी / संवाददाता
१० जेष्ठ २०८०, बुधबार   ७ : ५५   बजे

काठमाडौँ, १० जेठ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्यालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो ।

चेन्नई आइपिएलको १४औँ सिजनमध्ये दशौँ पटक फाइनलमा पुगेको हो । चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये ४ फाइनल जित्दै उपाधि जितेको छ ।

चेन्नइले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा १५७ रनमा समेटियो । गुजरातका ओपनरद्वय ऋद्धिमान साह १२ र शुभमन गिल ४२ रनमा आउट भए । दुर्वलाई चेन्नईका दीपक चाहले आउट गरे ।

कप्तान हार्दिक पाण्ड्या ८ रनमा आउट भए भने डेभिड मिलर ४ रनमा पेभिलियन फर्के । १९औँ ओभरको तेस्रो बलमा राशिद खान ३० रन बनाएर ९औँ विकेटको रूपमा आउट भएपछि गुजरातको आशा सकिएको थियो ।

चेन्नइका दीपक चाहर, महिश तिक्षणा र मथिशा पाथिरनाले समान २–२ विकेट लिए ।

त्यसअघि चेन्नइमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ७ विकेटको क्षतिमा १७२ रन जोड्यो । चेन्नइका लागि ओपनर रूतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्काको मद्धतमा ६० रन जोडे भने डेभन कोन्वेले ३४ बलमा ४० रन बनाए ।

यस्तै, रविन्द्र जडेजाले २२ रन जोड्दा अजिङ्क्य रहाने र अम्बाती रायडुले १७–१७ जोडेर आउट भए ।

अब पराजित भएको गुजरातका लागि दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने मौका छ । दोस्रो क्वालिफायरमा गुजरात र एलिमिनेटरको विजेताबीच खेल हुने छ । एलिमिनेटरमा लखनउ र मुम्बई भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu