ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थल सुचारु गरिदिन मन्त्री किँरातीलाई युवाहरुको ध्यानाकर्षण पत्र


एबीसी न्यूज
१० जेष्ठ २०८०, बुधबार   १२ : ४९   बजे

काठमाडौं, १० जेठ । कालिकोटका युवाहरुले जिल्लामा निर्माणाधीन अवस्थामै थलिएको सुनथराली विमानस्थलको सुचारुको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीेलाई ध्यानकर्षण पत्र बुझाएका छन् । मंगलवार कालिकोट घर भई काठमार्डौमा रहि विभिन्न पेशा व्यवसायमा आवद्ध भएका युवाहरुले मन्त्रालयमा पुगेर मन्त्री किँरातीलाईध्यानाकर्षण पत्र पत्र बुझाएका हुन ।

ध्यानाकर्षण  पत्र बुझदै गर्दा मन्त्री किराँतीले तत्कालै नागरिक उड्यन प्राधिकरणमा फोन गरेर तत्कालै कालिकोटको सुनथराली विमान स्थलमा संचालनमा ल्याउन निर्देशन दिएका थिए । ध्यानकर्षण पत्र बुझाउदै कालिकोटको एकमात्र एयरपोट सुनथरालीमा मन्त्री किरातीकै कार्यकालमा संचालनमा आउने अन्तिम आशा बोकेको बताएका छन् । मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यस विमानस्थलको प्रारम्भ पञ्चायतकालमा कालिकोट जिल्ला सभापति दिप बहादुर शाहीबाट भएको बताइएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा निर्माण सम्पन्न हुन ३८ वर्ष लागेको भएपनि सञ्चालन भने आउन सकेको छैन ।

वि.सं. २०८० वैशाख पहिलो हप्ता परिक्षण उडन हुने भन्ने पनि आज सम्म पनि परिक्षण उडान हुने सकेको छैन । यो विमानस्थल नेकपा (विप्लव) का प्रवक्ता तथा पूर्व पर्यटन मन्त्री खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) देखि अन्य कैयौं नेताहरुले धेरै प्रयास गरे तर पनि आज परिक्षण हुन सकेको छैन । त्तकालिन हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने पर्यटन मन्त्री जीवन बहादुर शाहीको चासो र पहल पहिलो पल्ट परिक्षणको रुपमा सुनथरालीमा अवतरण भएको थियो । पहिलो पटक हवाई अवतरण भएपनि खुसी भएका कालिकोटबासीको खुशि र उत्साह त्यतिमै सिमित रह्यो ।

कालिकोटले कर्णाली प्रदेशको मुख्यमन्त्री देखि समेत पाएपनि एयरपोर्ट संचालनमा कसैको चासो नभएको कालिकोट बासीकाहरुको गुनासो रहेको छ । निर्माण सम्पन्न हुन लगभग ४ दशक लागेको उक्त विमान स्थल निमार्ण गर्दा त्तकालिन द्धन्द्धको समयमा धेरै मानिसले ज्यान गुमाएको विमानस्थल हाल सम्म पनि सुचारु नहुनु दुखत भएको बेनोज विष्ट बताउछन् । वर्तमान समयमा नेपाल सरकारको नागरिक उड्डयन तथा पर्यटन मन्त्री तपाईं सुदन किराँती नियुक्त भएपछि कालिकोटवासीको लागि एउटा आशा पलाएको विष्ट बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group