ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्यभन्दा कम राजस्व असुली


एबीसी न्यूज
१० जेष्ठ २०८०, बुधबार   २ : २६   बजे

काठमाडौं, १० जेठ । आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताउनुभयो । उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख कर अधिकृत रिजालका अनुसार सङ्कलन भएको रकममध्ये करिब रु एक करोड ५० लाख विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अङ्क फरक परेका ९मिसम्याच० करदाताबाट सङ्कलन भएको थियो ।
मूल्य अभिवृद्धि करबाट रु ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कबाट रु ३७ करोड ३६ लाख १७ हजार राजस्व सङ्कलन गरिएको थियो । प्रमुख करअधिकृत रिजालले मूल्य मूल्य अभिवृद्धि कार र अन्तशुल्कतर्फसमेत लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको बताउनुभयो । “सबै क्षेत्र आर्थिक सङ्कटमा चुलिएको छ”, उहाँले भन्नुभयो, “त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो ।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेका प्रमुख करअधिकृत रिजालले जानकारी दिनुभयो ।

आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उहाँको भनाइ थियो ।उक्त कार्यालय मतहातमा ५४ हजार बढी करदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group