ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुम्बई क्वालिफायरमा


एबीसी / संवाददाता
११ जेष्ठ २०८०, बिहिबार   ७ : १९   बजे

काठमाडौँ, ११ जेठ । आकाश माधवलको उत्कृष्ट बलिङप्रेरित मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सविरुद्ध ८१ रनको फराकिलो जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा खेल्ने भएको छ ।

बुधबार राति चेन्नाईमा भएको इलिमिनेटरमा मुम्बईले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले १६.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमात्र जोड्न सक्यो । मुम्बईविरुद्ध लखनउका तीन ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । मार्कुस स्टोइनिसले ४०, काइल मयेर्सले १८ र दीपक हुडाले १५ रन जोडे ।

लखनउलाई सस्तैमा समेट्न मुम्बईका कशिलो बलिङ गरेका आकाशले पाँच विकेट लिए । ३.३ ओभर बलिङ गरेका आकाशले पाँच रनमात्र खर्चिए । यसबाहेक, क्रिश जोर्डन र पियुश चावलाले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो । मुम्बईका म्यामरुन ग्रीनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६, नेहल वाधेराले २३, रन बनाए । इशान किशनले १५, टिम डेविडले १३ र कप्तान रोहित शर्माले ११ रन थपे ।

लखनउका नवीन उल हकले चार विकेट लिएका थिए । यश ठाकुरले तीन विकेट लिँदा मोसिन खानको नाममा एक विकेट रह्यो ।

मुम्बईले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सविरुद्ध खेल्ने छ । यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नाई सुपर किङ्सले फाइनलमा स्थान बनाएको थियो । मुम्बई र गुजरातबीचको क्वालिफायर शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group