काठमाडौं, १८ माघ । सुनसरीको उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पवन अग्रवाललाई आफनै घरमा काम गर्ने कामदारले टाउकोमा हम्बरले हिर्काएर गंभीर घाइते वनाएका छन् । दिउँसो धरान १८ स्थित विपी गेट अगाडि आफ्नै घर वनाउने कामदारले अग्रवाललाई टाउकोमा हानेर गंभीर घाइते वनाएका हुन् ।
उनलाई धरान १६ स्गिथत नविन गिरीले घर निर्माणमा प्रयोग गर्ने हेम्बर ( मार्तल ) ले हिर्काएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले वताए ।किन हिर्काएको भन्ने वारे खुल्न नसकेपनि लेनदेनको विषयमा विवाद हँुदा सो घट्ना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
अग्रवालको टाउको गंभीर चोट रहेको र उनको अवस्था समेत चिन्ता जनक रहेको प्रहरीको भनाई छ । उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्यरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
हम्बर प्रहार गर्ने गिरीलाई प्रहरीले दमकवाट पक्राउ गरेको छ । गिरीलाई धरान प्रहरीमा ल्याँइदैछ ।
प्रतिक्रिया दिनुहोस्