ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र


एबीसी न्यूज
१२ जेष्ठ २०८०, शुक्रबार   २ : १३   बजे
काठमाडौं, १२ जेठ । गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा सिन्धुलीले मुनाफारहित कार्य गर्ने सामाजिक सङ्घ संस्थाले प्राप्त गर्ने अनुदानमा कर नलगाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालमार्फत अर्थ मन्त्री र कर अधिकृत भावाना चौलागाईमार्फत आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौँलाई अध्यक्ष खेटराज अधिकारीले ज्ञापनपत्र बुझाउनुभएको हो ।
ज्ञापनपत्रमा मुनाफारहित कार्य गर्ने सङ्घ संस्थाहरुको कर, भ्याटका समस्या समाधान गर्न गैससले माग गरेको छ । पछिल्लो चरणमा नेपाल सरकारका आन्तरिक राजस्व कार्यालयबाट सामाजिक संस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र संस्थाहरुको आर्थिक वर्षको अन्तिम मौजदातलाई नाफा भनी आयकर समेत लिने खोजिएको उल्लेख छ । साथै
नागरिक सङ्घ सङ्गठनमाथि घुमाउरो पाराले प्रतिबन्ध लगाउन खोजेको र नेपाली नागरिक सङ्घ संस्थालाई बन्द गर्न खोजेको दाबी गर्दै महासङ्घ नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
मुनाफारहित कार्य गर्ने सामाजिक सङ्घ संस्थाको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यता अनुसार सरकारको नीति नियमभित्र रही सरकारको सहयोगीका रुपमा काम गर्ने संस्थाहरुले प्राप्त गरेको लगाउन खोजिएको कर खारेजीको माग गरिएको छ र
विज्ञप्तिमा आर्थिक बर्ष २०८०र८१ को आर्थिक ऐनमा पनि मुनाफारहित सामाजिक सङ्घ संस्थाको आयकर, मूल्य अभिवृद्धि कर, अन्य कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने साथै मुनाफारहित सामाजिक सङघ संस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरी समस्याको समाधान गर्न अनुरोध गरिएको छ ।
नाफा नकमाउने र नबाँड्ने सामाजिक संस्थालाई आयकर ऐन २०५८ को दफा २ ध ले कर छुट हुने संस्थाको रुपमा परिभाषित गरेको र २०५९ को नियम २७ बमोजिम कर छुट प्रमाणपत्र समेत लिँदै आएको जानकारी गराएको छ । यस्ता संस्थाहरुले व्यावसायिक संस्था जस्तो आयमुलक व्यवसाय र मूल्य अभिवृद्धि हुने कार्य नगरेका कारण कर खारेजीको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu