पोखरा, १८ माघ । नेपाल पुलिस क्लव आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न अन्तिम सेमी फाइनल खेलमा धरान फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लव आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको हो ।
खेलको २२ औ मिनेटमा पाएको पेनाल्टीलाई सुमन लामाले जाली चुमाउन सफल भएका थिए । त्यही गोल नै नेपाल पुलिसका लागी फाइनल प्रवेश गर्ने अवसर प्रदान ग¥यो ।
रोमन लिम्बुले डिबक्सभित्र रवि पासवानलाई तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेलो कार्ड देखाउँदै पेनाल्टीको मौका दिईयो ।
पेनाल्टी दिएसँगै धरानले रेफ्रीको निर्णयलाई अस्वीकार गर्दै खेल मैदान बाहिर निस्कने तयारी ग-यो । तर प्रशिक्षक अर्जुन राईले खेल्ने निर्देशन दिएपछि केहीमिनेटको अवरुद्धपछि पुन शुरु गरिएको थियो । आहा रारा गोल्ड कपको उपाधीका लागी शनिवार दिनको १ बजे नेपाल पुलिस र थ्री स्टार क्लवबीच भीड्ने छ ।
प्रतिक्रिया दिनुहोस्