काठमाडौँ १५ जेठ । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको बजेटले मुलुकको वर्तमान आर्थिक संकटको समाधान गर्न नसक्ने बताएका छन् । । संघीय संसद्को सोमबारको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेका थिए ।
अर्थमन्त्री महतको बजेट भाषणपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यो बजेटले आर्थिक संकटको समाधान नदिने बताएका हुन् । बजेटले संकट दर्शाउने गरेपनि समस्याको समाधान नदिने उनको भनाइ थियो । ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन,’ उनले भने ।
बजेटका विषयमा प्रमुख प्रतिपक्षी दलले विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्