काठमाडौं १७ जेठ । बुधबारबाट भन्सार विभागको प्रमुखको रूपमा सहसचिव शोभाकान्त पौडेलले जिम्मेवारी सम्हाल्दैछन्।
पौडेल यसअघि स्थानीय विकास मन्त्रालयबाट अर्थमन्त्रालयमा सरुवा भएका थिए।
यसभन्दा पहिले नै उनले ठूला करदाता कार्यालय, आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भएर काम गरेका छन्। उनले भन्सार विभागको उप–महानिर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका काबिल अधिकारीका रुपमा गनिन्छन् ।
प्रतिक्रिया दिनुहोस्