काठमाडौँ, १९ माघ । हिजो विहिवार नेपाल भ्रमणमा आएकी भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले मधेशमा ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेकाले निर्वाचन परिणाममा सम्मानजनक हैसियत भएको भन्दै बधाई तथा धन्यवाद दिइन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मण्डलसँगको भेटमा स्वराजले दुई नम्बर प्रदेशमा मधेशवादी दलले राम्रो नतिजा ल्याएको र केन्द्रमा पनि सम्मानजनक नतिजा ल्याएकोमा बधाई दिएकी हुन्।
दुई नम्बर प्रदेशमा सरकार बनाउन सुझाव दिदै स्वराजले प्रादेशिक सरकारसँग पनि आफुहरू काम गर्न तयार रहेको मधेशवादीदलका नेताहरुले बताए । राजपा अध्यक्ष मण्डलसँग स्वराजले आधा घण्टा छलफल गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्