ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलफूल पकाउन हानिकारक विषादीको प्रयोग


एबीसी न्यूज
१८ जेष्ठ २०८०, बिहिबार   २ : ०६   बजे

काठमाडौं, १८ जेठ । भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर रोग लाग्नसक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ ।

बुधबार महानगरपालिकाले विभिन्न पसलमा अनुगमन गरेको थियो । उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ । भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारी गरेको छ ।

मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले बताउनुभयो । उक्त पसललाई खाद्य ऐनअनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । बजार अनुगमनका क्रममा उक्त जुस सेन्टरमा पुगेको अनुगमन टोलीले पसल बन्द गर्ने निर्णय गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफुल पकाउन प्रतिबन्धित विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएको बताउनुभयो । अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

यस्तै भरतपुरस्थित भाटभटेनी सुपरमार्केटले खाद्यान्न जस्तो संवेदनशील वस्तुको व्यवस्थापनमा लापरबाही गरेको अनुगमनमा भेटिएको छ । अनुगमनका क्रममा बिग्रिएको निउरो र साग फेला परेको वडाध्यक्ष खनालले बताउनुभयो । बिग्रिएको एक÷एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो ।

त्यस्तै भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ । नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको खनालको भनाइ छ ।

अनुगमन टोलीले भाटभटेनीको गोदाम कक्षको पनि निरीक्षण गरेको थियो । गोदाममा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको तथा अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताउनुभयो । “खाने चिज अत्यन्तै अव्यवस्थित र केही कुहिएको पनि भेटियो”, उहाँले भन्नुभयो, “अर्कोतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर बिक्री गरेको पायौँ ।”

यस्तै अनुगमनका क्रममा केही मासु पसलमा एक महिना अघिसम्मको मासु बिक्रीका लागि भेटिएको थियो भने अस्पताल अगाडिका चमेनागृहमा फोहर र खानेकुरा नछोपी राखेको तथा मूल्य सूचीसमेत नराखेको पाइएपछि सचेत गराइएको छ । अनुगमनमा महानगरको अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेल, पशुसेवा शाखाका अधिकृत शिव अर्याल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group