ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लङटर्म पावर ट्रेड एग्रिमेन्ट’ : १० वर्षभित्र भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने


ABC NEWS
१८ जेष्ठ २०८०, बिहिबार   २ : ०५   बजे

नयाँ दिल्ली १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् ।

भारत भ्रमणका क्रममा रहेका नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा मोदीले नेपालको विकासमा भारतले हरतरहले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘नेपालबाट भारतमा बिजुली निर्यातको विकल्प बनाउन हामीलाई पूर्वाधार चाहियो। हाम्रो पार्टरनशिपलाई सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिइएको छ’, उनले भने, ‘भारत र नेपालबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट सम्पन्न भएको छ। हामीले आउने १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने छौँ।’

त्यसकै लागि दुई देशबीच फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि हस्ताक्षर भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको जलश्रोत भारतका लागि अतिमहत्वपूर्ण भएको बताउँदै यसमा मिलेर काम गर्ने पनि बताएका छन्।

प्रचण्डले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको उनले बताउँदै उनले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने उनले बताए।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले चाँडै बंगलादेशसम्म बिजुली निर्यातका लागि त्रिपक्षीय सहमति हुने बताएका थिए।

अरुण, भारतीय बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात, ४८० मेगावाटको फुकोट कर्णाली, पञ्चेश्वर बहुद्देश्यीय आयोजना, पेट्रोलियम पाइपलाइन, सीमा समाधानलगायत विविध विषयमा सहमति भएको उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu