ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल क्यान्सर अस्पतालको ओपीडी सेवा आज निःशुल्क


एबीसी न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार   ५ : ०२   बजे

काठमाडौं, १९ जेठ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आफनो छैठौं वार्षिकोत्सवको अवसर पारेर बिरामीका लागि आज निशुल्क ओपीडी सेवा संचालन गरेको छ । अस्पतालले विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आज एक दिने निशुल्क ओपीडी सेवा समेत राखेको हो ।

ओपीडी बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने अस्पतालले जनाएको छ । यसैगरी वार्षिकोत्सवकै अवसर पारेर अस्पतालमा गरिने विभिन्न ल्याब टेस्टहरुमा विशेष छुट प्रदान गरिएको पनि अस्पतालले जनाएको छ । नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ भन्ने नाराका साथ ६ वर्ष अघि यस अस्पतालको स्थापना भएको थियो । भोलि जेठ २० गते अस्पतालले विशेष कार्यक्रमको आयोजना गरी छैठौं वार्षिकोत्सव मनाउँदैछ । अस्पतालको छैठौं वार्षिकोत्सवको अवसर पारेर क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले वाकाथन कार्यक्रम समेत गरेको थियो । बिहान लगनखेलबाट सुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अन्य चिकित्सकहरु स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्सर सर्भाइभर्स विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । वाकाथन लगनखेलबाट सुरु भएर जावलाखेलमा गएर कोणसभामा परिणत भएर टुंगिएको थियो ।

उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लानका लागि सचेतनामूलक कार्यक्रमहरुको आवश्यक भएको बताए । उनले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको जनाए । नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ ६ वर्ष अघि नेपाल क्यान्सर अस्पतालको स्थापना भएको थियो । अस्पतालले छैठौ वार्षिकोत्सवको अवशरमा विभिन्न कार्यक्रहरुको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu