काठमाडौं, १९ माघ। काठमाडौ महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् । घाइते ६ मध्ये चार जना महिला सैनिक रहेका छन् ।
घाइते हुने महिला सैनिकमा २० वर्षीया शर्मिला कार्की, शुषमा कुमाल, १९ वर्षीया राजमाया घले र दीपिका बस्नेत रहेका छन्। विस्फोटमा परी सैनिक विक्रम पाण्डे र पुरुषोत्तम ठकुरी पनि घाइते भएका छन्। यीमध्ये दीपिका बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ।
आज शुक्रवार बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर पट्काउन सिकाउन खोज्दा विस्फोट भएको हो ।
प्रशिक्षकसहित चार घाइते भएको बताइपनि घाईतेहरुको परिचय खुलेको छैन ।
सैनिक स्रोतका अनुसार, घाइते चारै जनालाई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्