ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’


एबीसी न्यूज
२३ जेष्ठ २०८०, मंगलबार   १ : ००   बजे

काठमाडौं, २३ जेठ । वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ । एकाउन्नाँ विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको न्यूनीकरणसँग अनुकूलित हँदै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताले नकुहिने र जलाउँदा विषालु ग्यास उत्सर्जन हुने प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका थिए । पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समूह उज्यालो डाँडा काहुमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै समूहले वन र वातावरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वन तथा वातावरण संरक्षणमा सबैसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गनुभयो । पोखराबाट नजिकमा अवस्थास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी फूलहरुको डाँडाका रुपमा परिणत गरी थप पर्यटकको आकर्षण बढाउने लक्ष्यका साथ गुलमोहर, कल्की, जमारन्दा, टेकोमा, लालीगुराँसलगायत विभिन्न जातका सात सयभन्दा बढी बिरुवा रोप्ने कार्यक्रम रहेको वन समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले जानकारी दिनुभयो । त्रिपन्न घरधुरी उपभोक्ता एक सय ७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागी १२ लाख गरि कूल ३२ लाखको लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्की पर्खाल लगाउने कार्य सुरु भएको उहाँको भनाइ छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, पोखरा–११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी, वातावरण प्रेमी चन्द्रबहादुर गुरुङलगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । डिभिजन वन कार्यालय कास्कीबाट निःशुल्करुपमा उपलब्ध गराइएका बिरुवा रोप्ने कार्यक्रममा वन उपभोक्तासहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं विद्यार्थीको बृहत् सहभागिता थियो । अवसरमा डिभिजन वन कार्यालय कास्कीको आयोजना एवं पोखरा–२८ मैदीपोखो सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा वृक्षरोपण कार्यक्रमको आयोजना गरियो । उक्त वन क्षेत्रमा विगतमा गएको ठूलोपहिरोको संरक्षणका लागि बायोइञ्जिनियरिङ प्रविधिको प्रयोगसहित बाँसरोपण अभियान सुरु गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वृक्षरोपण कार्यक्रमको शुभारम्म गर्दै नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसबाट वातावरणीय तथा कार्बन सञ्चितिमा महत्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा स्थानीय मुरली बाँसका पाँच सयभन्दा बढी बिरुवा रोपिएको थियो । पहिरो क्षेत्रमा अघिल्लो वर्षसमेत बाँस, तेजपातलगायतका विभिन्न प्रजातिका तीन सय बिरुवा रोपिएको थियो । रोपिएका बिरुवामध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो । विश्व वातावरणका अवसरमा पोखरा सहर तथा आसपासका क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था लगायतले फोहर सङ्कलन एवं व्यवस्थापनसँगै वातावरणसम्बन्धी विविध चेतनामूलक कार्यक्रमको आयोजना गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu