ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ


एबीसी न्यूज
२८ जेष्ठ २०८०, आइतबार   २ : ५५   बजे
काठमाडौं, २८ जेठ । सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले भन्नुभयो, “बजेटमा आफ्नो अर्थतन्त्र विकास गर्नका लागि त्यस्तो कुनै प्रावधान छैन, कृषि उत्पादनको ठोस् व्यवस्था छैन, किसानलाई प्रोत्साहन गर्ने ठोस् प्रस्ताव छैन ।” सांसदअधिकारीले आफ्नै स्रोत÷साधनको उपयोग नगरुञ्जेल मुलुकमा विकासले गति लिन नसक्ने उल्लेख गर्नुभयो ।
सधैँ ऋण र अनुदानमा मुलुक चलाउन नहुने धारणा राख्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउने कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । “सन्तुलन र समानुपातिक विकासका लागि मधेस, कर्णाली, सुदूरपश्चिम र पिछडिएको समुदायका लागि बजेट बढाउनुपर्छ”, सांसद अधिकारीले भन्नुभयो ।
सांसद प्रभु साहले अर्थतन्त्रको मुख्य चुनौती आर्थिक अभाव भएको उल्लेख गर्दै किसानलाई समस्या हुने गरी करको दायरा बढाउन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कूल बजेटको ८० प्रतिशत केन्द्रमै केन्द्रित गरेपछि सङ्घीयताको विकास कसरी हुन्छ रु मुलुकको आवश्यकताभन्दा पनि नेताहरुको वरिपरि बजेट केन्द्रित भएको छ ।”
सांसद अञ्जनी श्रेष्ठले बजेटको समर्थन गर्दै अर्थतन्त्रलाई गतिशील गर्ने गरी र पिछडिएको समुदायलाई प्राथमिकता दिएर बजेट ल्याइएको टिप्पणी गर्नुभयो । किसानका समस्या समाधन गर्नेतर्फ बजेटले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद श्रेष्ठले भन्नुभयो, “नेपाल प्राकृतिक रुपमा धनी छ, त्यसको उपयोग गर्ने गरी बजेट ल्याइएको छ, दलित, महिला, ज्येष्ठ नागरिक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई बढी प्राथमिकता दिएको छ, जुन सकारात्मक छ ।”
सार्वजनिक यातायातलाई वातावरणमैत्री बनाउने गरी बजेटमा समावेश गर्नुपर्ने र कारागार बनाउँदा ज्येष्ठ नागरिक, बालबालिका र महिलामैत्री बनाउनुपर्ने सांसद श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group