ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोम समुदायमाथि अझै जातीय भेदभाव


admin
१९ माघ २०७४, शुक्रबार   २ : २१   बजे

सप्तरी, १९ माघ । मधेसको दलित समुदाय मानिएको डोम जातीमाथि अझै पनि जातीय भेदभाव कायमै छ । २१ औं शताब्दीमा समेत छुवाछुतको भावनाले दुव्र्यहार गर्ने परम्परा सप्तरीमा कायमै रहेको बिहीबार भएको एक घटनाले उदाङ्गो पारेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा रहेको आधा दर्जन चिया पसलमा डोम समुदायका व्यक्तिहरुलाई बिहीबार चिया पिउनबाट बञ्चित गरिएको सो घटना प्रकाशमा आएको हो । उक्त घटना लगत्तै सो सम्बन्धमा डोम समुदायका व्यक्तिहरुले प्रहरी चौकी कठौनामा निवेदन दिन जाँदा प्रहरीले समेत निवेदन दर्ता गर्न नमान्दा उनीहरु थप मर्कामा परेका छन् ।

घटना बाहिर आएपश्चा्त कठौना प्रहरीले उनीहरुको निवेदन दर्ता गरेको छ । शम्भुनाथ नगरपालिका वडा नंं ६ स्थित बिरेन्द्र साह, गणेश साह, लक्ष्मी चौधरी, बैजु साह, रामु साह र नारायण साह चिया पसले डोम उत्थान समिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिक, राजेन्द्र मरिक, जुगाई मरिक, महेन्द्र मरिक, सरयुग मरिक, कपलेश्वर मरिक, प्रमेश्वर मरिक र जामुन मरिकलाई चिया नास्ता पसलमा पस्न समेत नदिई दुव्र्यहार गरेका छन् ।

ती चिया नास्ता पसलेहरुले डोम जाति भनी अपहेलित गरेर पसलमा बसेर खान नदिने भन्दै दुरव्र्यहार समेत गरेको डोम उत्थान सतिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले बताउनुभयो ।

यता चिया पसले बिरेन्द्र साहकी छोरीले डोम समुदायका व्यक्तिहरु आफ्नो चिया पसलमा आएको स्विकार गर्दै उनीहरुलाई कुनै दुव्र्यहार नगरेको दाबी गरेकी छिन् ।

त्यस्तै शम्भुनाथ नगरपालिका वडा नं. ६ का अध्यक्ष मो. याकुब राईनले घटना भएको थाहा पाएको तर, कुन पक्षको गल्ति हो भन्ने बारे चाडै नै दुबै पक्षलाई राखेर छलफल गर्ने जानकारी दिनुभयो ।

घटना सम्बन्धमा कठौना प्रहरीले आफूहरु केही नबोल्ने भन्दै जिल्ला प्रहरी कार्यालयलाई सम्पूर्ण जानकारी गराइसकेको जानकारी दिएको छ । सोही विषयमा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले डोम समुदायका व्यक्तिहरु चिया पिउन पसलमा गएको तर उनीहरुले मादक पदार्थ सेवन गरेको बताउँदै दुबै पक्षलाई सामुहिक छलफल गरेर दोषिमाथी कारवाही गर्ने बताउनुभयो ।

मरिकले ती चिया पसलेहरुलाई जातिय भेदभाव तथा  सजाय कसुर ऐन २०६८ बमोजिम कार्यवाही गरी उचित न्यायका लागि सरोकारवालाहरुसँग माँग गर्नुभएको छ ।  यस्तै अधिवक्ता सुजित पोखरेलले जातिका आधारमा छुवाछुत गरिनु अपराध भएको बताउँदै सो अपराधमा जातिय भेदभाव तथा छुवाछुत सजाय कसुर ऐन २०६८ अन्तरगत तीन महिनादेखी एक वर्ष सम्म कैद र एक हजारदेखी २५ हजारसम्म जरिवाना गर्ने सजाय कानुनले गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group