ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता


एबीसी न्यूज
२९ जेष्ठ २०८०, सोमबार   २ : १६   बजे
काठमाडौं, २९ जेठ । कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ ।
गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको नेकपा ९एकीकृत समाजवादी० का सांसद प्रेमबहादुर आलेले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सांसद आलेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशशरण महतसँग आज भेटघाट गरी कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गरेको थियो ।
यस सम्बन्धमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा महतसँगको छलफल भएको र सरकारले सो विश्वविद्यालाय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद आलेले जानकारी दिनुभयो । सांसद आलेले भन्नुभयो, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको छ, प्रधानमन्त्रीले आज नै संसद्लाई गर्ने सम्बोधनका क्रममा सो कुराको जानकारी गराउने पनि प्रतिबद्धता गर्नुभएको छ, अब गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ ।”
डोटीबाट निर्वाचित सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका अविलम्ब खोल्न गर्नुभएको आग्रहमा पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिनुभएको जानकारी दिनुभयो ।
सङ्घीय मन्त्रिपरिषद्ले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गत माघमै गरेको थियो । वर्तमान सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्यसम्बन्धी विश्वविद्यालय सञ्चालन गरिने भनिएको छ । तर सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा सो निर्णयका विरुद्ध आन्दोलन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group