ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुपको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय


ABC NEWS
२९ जेष्ठ २०८०, सोमबार   २ : २१   बजे

काठमाडौं २९ जेठ । सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो।

परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए।

गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरूसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्।

‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरू मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो,’ साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिबद्ध छ भन्नुभयो।’

क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा गएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि स्मरण गराए।

‘क्याबिनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ,’ जोशीले मन्त्री साउदको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याबिनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’

भेटमा सहभागी पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले पनि मन्त्री साउदले गेटामा प्रतिष्ठान नभइ विश्वविद्यालय नै बनाउन सरकार प्रतिबद्ध रहेको जवाफ दिएको बताए।

ल्अभिि
‘गेटामा विश्वविद्यालय स्थापना गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार पढेका थियौं। पछि प्रतिष्ठान बनाउने भन्ने कुरा आयो,’ उनले भने, ‘यसबारे मन्त्रीज्यूसँग छलफल भयो। उहाँले प्रतिष्ठान होइन, विश्वविद्यालय नै बन्ने कुरा गर्नुभयो। यसमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।’

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए।

गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक निर्णय गरिसकेको उनको भनाइ थियो।

मन्त्रीहरू, मुख्यसचिवसहित सहभागी रहेको प्रधानमन्त्रीको टोलीले फागुन १ गते गेटा मेडिकल कलेजका लागि निर्माण भएका भौतिक पूर्वाधारहरूको अवलोकन तथा निरीक्षण गरेको थियो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने उल्लेख गरिए पनि तर, अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट वक्तव्यका क्रममा एक सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरिएको बताएपछि सुदूरपश्चिमका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आइतबार सुदूरपश्चिम बन्दको आयोजना गरिसकेका छन्।

यसैबीच अर्थमन्त्री महतले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा सुदूपश्चिमका बासिन्दामा देखिएको अन्यौलताबारे सरकारी धारणा प्रष्ट्याउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu