ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यराति कोकाहाको पानी धरान ल्याउन सफल भएपछि खुशीले रोए हर्क साङपाङ


abc tv
३० जेष्ठ २०८०, मंगलबार   १० : ४४   बजे

धरान । मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् ।

मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा झरेको हो । साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्ट राखिएको थियो । सोही स्थानमा मध्यराती करिब ४० किलोमिटर दुरी पार गरेर कोकाहाको पानी खसाल्न मेयर साम्पाङ सफल भएका हुन् ।

मेयर साम्पाङ दुई दिनदेखि फिल्डमै थिए । कोकाहाको पानी नल्याई घर नफर्कने वाचा गरेका उनले आइतबार पटनालीमा नै अगुवा श्रमदाताहरुसँग रात विताएका थिए भने हिजो (सोमबार) राती पनि पाइपमा एयर लिक गर्न खटिएका थिए । पकुवामा पानी मध्यराती १२ बजेर ३ मिनेटमा खस्दा मेयर साम्पाङ भने साढे १२ बजेतिर मात्र आइपुगेका थिए ।

पानी खसेको स्थानमा आइपुग्दा मेयर साम्पाङ निक्कै भावुक बने, र केहीबेर रोए । उनले सहयोगी दाता, श्रमदाताहरुलाई धन्यवाद दिदै असम्भव लाग्ने कामलाई सफल बनाएको प्रतिक्रिया दिए । यस्तै, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि धरानले इतिहास रचेको प्रतिक्रिया दिए ।

धरानको वडा नं २० स्थित हात्तिसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुदै ल्याइएको हो । यो अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो । राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group