ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन सम्बन्धी कानुनमा पहिलो पटक नो भोटको व्यवस्था ( भिडियो)


एबीसी न्यूज
३१ जेष्ठ २०८०, बुधबार   १० : ५७   बजे

काठमाडौं, ३१ जेठ । निर्वाचन आयोगले निर्वाचनको लागि अलगअलग कानुनलाई एउटै बनाउने गरी एकीकृत कानुनको मस्यौदा तयार पारेको छ । आयोगले तयार गरेको एकीकृत कानुनमा चुनावको मिति कानुनमै तोक्ने, विदेशमा रहेका नेपालीले समेत मतदान गर्न पाउने, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एउटै व्यक्ति तेस्रो पटक सांसद हुन नपाउने, नो भोटको व्यवस्था गर्नुपर्ने, उम्मेदवारी दर्ता गर्दा आफ्नो र परिवारका सदस्यको समेत सम्पत्ति विवरण बुझाउनुपर्नेजस्ता नयाँ विषय समेटिएका छन ।निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानुनहरुको एकीकृत मस्यौदा तयार पारेको छ ।

विभिन्न निर्वाचनको लागि अलग अलग रहेका सातवटा कानुनलाई एउटै कानुन बनाउने गरी एकीकृत कानुनको मस्यौदा तयार पारिएको आयोगले बताएको छ । २०७८ साल पुस १४ गतेको मन्त्रिपरिषदको बैठकले एकीकृत कानुनको मस्यौदा बनाउन निर्वाचन आयोगलाई सैद्धान्तिक सहमति दिएको थियो । त्यसयता, आयोगले ८ सदस्यीय एकीकृत कानुन निर्देशन समिति र एकीकृत निर्वाचन कानुन तर्जुमा समिति गठन गरेको थियो । आयोगका सहायकप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार केही दिनमै एकीकृत कानुनको मस्यौदा गृहमन्त्रालयमा बुझाउने तयारी छ ।

आयोगले तयार गरेको एकीकृत कानुनमा चुनावको मिति कानुनमै तोक्ने, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एउटै व्यक्ति तेस्रो पटक सांसद हुन नपाउने, उम्मेदवारी दर्ता गर्दा आफ्नो र परिवारका सदस्यको समेत सम्पत्ति विवरण बुझाउनुपर्नेजस्ता नयाँ विषय समेटिएका छन । त्यस्तै चुनावमा पराजित उम्मेदवार ५ वर्षसम्म सोही क्षेत्रको उपनिर्वाचनबाहेक अन्यत्र उम्मेदवार हुन नसक्ने, देशभित्र जहाँसुकैबाट मतदान गर्न पाउने, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको कार्यकाल उम्मेदवारी दर्ताको दिनबाट स्वतः समाप्त भएको मानिने व्यवस्थापनि नयाँ कानुनमा प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा, प्रदेशसभा, स्थानीय तह र वडाको चुनावमा समेत ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने र नो भोट लगायतका नयाँ व्यवस्थापनि प्रस्ताव गरिएको छ । निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग राख्दै आएपनि सरकार सहमत नभइरहेका बेला आयोगले चुनावको मिति कानुनमै तोक्ने गरी नयाँ ऐनको मस्यौदा तयार गरेको छ । साथसाथै उम्मेदवारी दर्ताको दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त भएको मानिने व्यवस्था कानुनमै गर्न प्रस्ताव गरिएको छ । यस्तै विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । यस्तै, आफ्नो मतदान केन्द्रमा उपस्थित हुन असमर्थ रहेका मतदातालाई लक्षित गरेर अग्रिम मतदान गर्नपाउने व्यवस्था मिलाउने अवधारणा अगाडि सारिएको अर्याल बताउँछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गराउँदा सम्बन्धित दलले कुल उम्मेदवारको ३३ प्रतिशत महिला उम्मेदवार तय गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै, स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख मध्ये कम्तीमा एक जना महिला उम्मेदवार हुनुपर्ने र एउटा पदमा मात्र उम्मेदवार दिँदा महिला उम्मेवार दिनुपर्ने व्यवस्था प्रस्तावित छ । वडा अध्यक्षको पदमा उम्मेदवारी दिँदा समेत ३३ प्रतिशत महिला हुनुपर्ने नयाँ व्यवस्था निर्वाचन सम्बन्धी कानुनको एकीकृत मस्यौदामा उल्लेख गरिएको अर्याल बताउँछन । निर्वाचन सम्बन्धी एकीकृत कानुनको मस्यौदाले जुनसुकै तहको चुनावमा पराजित भएको ५ वर्षसम्म तीनवटै तहको उम्मेदवार बन्न अयोग्य हुने भनेको छ । आफू पराजित भएको क्षेत्रमा उपनिर्वाचन भएमात्रै उम्मेदवार हुनसक्ने व्यवस्था उल्लेख गरेको आयोगको मस्यौदा पारित भएमा निर्वाचन क्षेत्र बदलेर उपनिर्वाचनमार्फत जनप्रतिनिधि बन्न चाहनेहरुका लागि समेत बाटो बन्द हुनेछ । चुनावको मुखमा समेत दल बदलेर उम्मेदवार हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने गर्ने प्रावधान पनि तयार मस्यौदामा छ । निर्वाचन सम्बन्धी कानुनमा पहिलो पटक नो भोट (उम्मेदवार स्वीकार नगर्ने) को व्यवस्था प्रस्ताव गरिएको छ । यो व्यवस्था पारित भएमा मतदाताले मतदानमा सहभागी भएर कुनै पनि उम्मेदवारलाई समर्थन गर्दिन भन्न पाउनेछन् । नो भोटको बहुमत भएमा निर्वाचन नै रद्ध हुनेछ । निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन तयार गरिएको एकीकृत निर्वाचन कानुनको मस्यौदा गृहबाट पारित भएमा निर्वाचन कानुन र व्यवस्थापनका क्रममा निर्वाचन आयोगले ेदृढतापूर्वक अग्रसर हुने प्रतिवद्धता जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group