ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा – कोइराला निकटताको रहस्य के ? ( भिडियो)


एबीसी न्यूज
३१ जेष्ठ २०८०, बुधबार   ११ : ००   बजे

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संस्थापनइतर डा. शेखर कोइराला निकट हुने विषय निकै चासोका साथ हेरिएको छ । पार्टी नेतृत्वदेखि सत्ता बाँडफाँडमा समेत देउवा र कोइरालाबीच ६०–४० को भागबण्डा हुँदै आएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हँुदा देउवाविरुद्व कडा चुनौती दिने पात्र हुन् डा. कोइराला । कोइराला नेतृत्वको गुटमा नै सहभागी हुँदै आएका छन् कांग्रेस महामन्त्री गगन थापा । युवा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पार्टीमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनौती दिदै आएका छन् । वास्तवमा, सभापति देउवा र कोइरालाबीच के त्यस्तो आन्तरिक सहमति भयो जसकारण, उनीहरु एकाएक नजिकिँदैछन्, यो यतिबेला चर्चाको विषय बनेको छ ।
नेपाली कांग्रेसभित्रै बलियो प्रतिपक्षी जस्तै नेतृत्व गर्दै आएका नेता हुन् डा. शेखर कोइराला । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता कोइरालाले आन्तरिक पार्टी र सत्ता शक्तिमा समेत ४० प्रतिशतको डिल गर्दै आएका छन् । तर, पछिल्लो समय देउवा र कोइरालाबीच एकाएक देखिएको भौतिक निकटताले एउटा संशय उत्पन्न गरेको छ । केही दिनअघि भक्तपुरमा भएको कांग्रेसको जिल्ला सम्मेलनलाई सभापति देउवा र नेता कोइरालाले एकै मञ्चबाट सम्बोधन गरे । नेता कोइरालाले भने, कांग्रेसमा गुट, उपगुट छैन भन्ने होइन तर अब पनि यसो गरेर अघि बढे हामी समाप्त हुन्छौंं । उनले केही पूर्व राजाले गणतन्त्र जान्छ भन्दैमा गणतन्त्र नजाने बताए । उनले कांग्रेस आर्थिक, सामाजिक र सांस्कृतिक समानताको पक्षमा रहेको बताए ।

कांग्रेस महामन्त्री गगन थापाले गत प्रतिनिधिसभाको चुनावमा मुलुक हाँक्ने ड्राइभर बदल्नुपर्ने चुनौती दिएका थिए । उनले आफू सांसद निर्वाचित भएपछि कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति देउवासँगै दलको नेतामा उम्मेदवार बने । तर, थापाको पक्षमा निकै न्यून मत प¥यो । यसयता, कांग्रेसका निकै विवाद भएको लगायतका विषयले नेतृत्वमाथि निकै गम्भिर प्रश्नहरु उठे । कांग्रेसभित्रको असन्तुष्ट समूह अर्ली महाधिवेशनमा जाने र सभापति देउवाको विकल्पमा नेतृत्व लिने दाउमा समेत लाग्यो । तर अहिलेको विधान र शक्ति सन्तुलनले कांग्रेसलाई अर्ली इलेक्सनतर्फ उन्मुख गराउन सहज भने छैन । यसका लागि महामन्त्रीद्वय थापा र शर्मा रणनीतिक रुपमा लागेको बुझिन्छ । भक्तपुरको जिल्ला सम्मेलनमा देउवाले नेपालमा फेरि प्रजातन्त्रमा संकट नआउने र यो स्थायी हुने भनाइ राखे । उनले योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई जिम्मेवारी दिन आफू प्रतिबद्ध भएको बताए ।

सभापति देउवाले कांग्रेस प्रजातन्त्रका लागि २००७ सालदेखि नै लड्दै आएको पार्टी भएकोेले प्रजातन्त्रलाई फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो संगठन बनाउन देशभर संगठन अभियान सञ्चालन गर्नुपर्ने बताए । गत निर्वाचनमा गठबन्धन गरेकाले कांग्रेस संसदको सबैभन्दा ठूलो दल बनेको स्मरण गराए ।

पार्टीमा ४० प्रतिशत लविङ गर्ने कोइरालालाई यो अधिकार दिन यसअघि देउवा तयार थिएनन् । देउवाले शेखरलाई बेवास्ता गरेर बैठकमा गगनलाई सहभागी गराउँथे । एमसीसी पारित गर्दासम्म गगनलाई साथ लगेका देउवाले त्यसपछि शेखरलाई विश्वासमा लिन लागेको पनि बुझिन्छ । पार्टी महाधिवेशनपछि २५ औं वरियतामा रहेका शेखरलाई यतिबेला वरिष्ठ नेताको हैसियत दिन देउवा तयार रहेको कुरा बाहिर आएको छ । उनका लागि पार्टी कार्यालयमा छुट्टै कार्यकक्ष बनेको बुझिएको छ । यही आन्तरिक सहमतिका कारण देउवा–कोइरालाबीचको निकटता बढेको कुरा सतहीरुपमा सजिलै बुझ्न सकिन्छ ।

महाधिवेशनयता कांग्रेसको मुस्किलले ६ वटा केन्द्रीय समिति बैठक बसेका छन् । पछिल्लो समय भदौ ५ गते नेता प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बस्यो । त्यसयता चुनाव, उपचुनावको समिक्षा, सरकारमा सहभागीता लगायत महत्वपूर्ण राजनीतिक घटनाक्रममा सन्दर्भमा बस्ने भनिएको बैठक पटक–पटक स¥यो तर बस्न सकेको छैन । मंसिर ४ को निर्वाचनपछि पुस १० मा कांग्रेस सरकारबाट बाहिरिने अवस्था आयो । पुस १२ गते केन्द्रीय समितिको बैठक आव्हान भयो । यसबीचमा गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले संसदबाट दुई पटक विश्वासको मत लिनुप¥यो । पुस २६ गते कांग्रेस केन्द्र्रीय कार्य सम्पादन समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय ग¥यो र माघ १५ गते केन्द्रीय समितिको बैठक बस्ने सूचना प्रकाशन भयो । तर बैठक बस्न सकेको छैन । देउवा र कोइरालाको निकटताले कांग्रेसको सैद्वान्तिक एवम् विचारमा नयाँ धु्रवीकरण एवम् समीकरणको मार्गप्रशस्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group