ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुबाको मृत्युको कारण खोज्न आमासँगै भौँतारिरहेका छन् प्रेमराज (भिडियो)


एबीसी न्यूज
३१ जेष्ठ २०८०, बुधबार   १२ : ३६   बजे

काठमाडौं, ३१ जेठ ।  दार्चुलाको ब्याँस गाउँपालिका– ५, धौलाकोटका १८ वर्षीय प्रेमराज बडूको दैनिकी झोला भिर्दै सुरक्षा निकाय तथा सञ्चारमाध्यम धाउँदै बित्ने गरेको छ । पिठ्युँमा झोला भिरेका उनले पत्रबाट नै न्यायका लागि भन्दै विभिन्न कार्यालय र सञ्चारमाध्यम धाइरहेका छन् । तर, उनले अहिलेसम्म सम्बन्धीत सरकारी निकायहरुबाट आश्वासनबाहेक केही पाएका छैनन् । बडूका बाबु कृष्णानन्दको दुबईमा २०७९ साल कात्तिक ६ गते मृत्यु भयो तर कारण भने अहिलेसम्म उनीहरुलाई थाहा छैन । बुबाको मृत्यु भएको सात महिना बितिसक्दासमेत कारण थाहा हुन नसकेको र परिवारले हालसम्म पनि कुनै किसीमको राहत पाउन नसकेकोप्रति उनको गुनासो छ । दार्चुलाको ब्यास गाउपालिका– ५, धौलाकोटका १८ वर्षीय प्रेमराज बडूको दैनिकी झोला भिर्दै सुरक्षा निकाय तथा सञ्चारमाध्यम धाउदै बित्ने गरेको छ । पिठ्युँमा झोला भिरेका उनले पत्रबाट नै न्याय पाउँछु होला भन्दै विभिन्न कार्यालय र सञ्चारमाध्यम धाइरहेका छन् । तर, उनले अहिलेसम्म कतैबाट न्याय नपाए पनि आश्वासन पाइरहेका छन् ।

बडूका बाबु कृष्णानन्दको दुबईमा २०७९ साल कात्तिक ६ गते मृत्यु भयो । बुबाको मृत्युको कारण भने अहिलेसम्म थाहा पाउन सकेका छैनन् । उनले बुबाको मृत्यु भएको सात महिना बितिसक्दासमेत कारण थाहा हुन नसकेको बताउछन् । साथै उनले के कारणले मृत्यु भयो र कसरी मृत्यु भयो भन्ने कुरा हामीलाई अहिलेसम्म पनि थाहा नभएको भन्दै बुबाको मृत्यु नभएर हत्या भएको हो भन्ने आशंका पनि व्यक्त गरेका छन् । न्यायका लागि सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश प्रहरी प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयहरूमा धाउनुका साथै विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत प्रत्यक्ष भेटेर न्यायका लागि आग्रह गरेको उनी सुनाउँछन् । यद्यपि उनले आश्वासन बाहेक केही नपाएको गुनासो पोखे । धनगढीको हसनपुरमा विगत चार वर्षदेखि भाडामा बस्दै आएका प्रेमराजको परिवारलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको उनी सुनाउँछन् । नेपाली दूतावासले पहल नचालिदिँदा बुबाले काम गर्ने कम्पनीमार्फत पाउनुपर्ने रकमसमेत नपाएको उनले बताए । उनका बुबाको दुबईमा आफ्नै गाडी छ । त्यो गाडी दुबईबाटै बिक्री गरेर पैसा नेपाल पठाइदिन नेपाली दूतावाससँग उनको आग्रह छ ।

साथै उनले बुबाको कमाइको २ हजार दिराम प्रतिमहिना त्यहाँकै एक बैँकमा जम्मा गर्दै आएकोमा उक्त पैसा पनि दूतावासमार्फत नेपाल पठाइदिन माग गरेका छन् । उनले दुबई सरकारबाट आफ्नो बुबाको मेडिकल रिपोर्ट र पुलिस रिपोर्टसमेत नआएको बताएका छन् । परिवारको यो समस्यालाई गाउँपालिकाले प्रदेश सरकार र केन्द्रीय सरकारसम्म पु¥याई सहयोग तथा न्याय दिलाइदिन प्रेमराजको आग्रह छ । विगत चार महिनादेखि सरकारबाट कुनै न्याय तथा सहयोग नपाएका प्रेमले अहिले सरकार नभएको आभास भइरहेको प्रेम बताउँछन् । उनले यसै वर्ष एसईई पास गरेका छन् । उमेरले १८ मात्रै पुगेका उनी पाए जुनसुकै काम गर्न पनि तयार रहेको बताउँछन् । विदेश गएकाले उमेर छँदा कमाएर नेपाल फर्किने र उमेर ढल्किएपछि नेपालमै बसेर परिवारसग रमाउने सोच राखेका हुन्छन् ।

४ वर्षपहिले विदेश गएका कृष्णानन्द २०७९ फागुन १ गते घर आउने तयारीमा थिए । बिहे भएकै वर्षदेखि विभिन्न देशमा काम गरिसकेका उनले अब भने नेपाल फर्किएर परिवारसँग बस्ने सोच बनाएका थिए । श्रीमान्सँग बसेर धेरै समय रमाउन नपाएकी द्रौपदीलाई यसपटक भने लामो समय नै श्रीमान्सँग बस्ने अपेक्षा थियो । तर, नियतिले कृष्णानन्द बडूलाई सकुशल नेपाल फर्किन दिएन । कृष्णानन्दको मृत्यु भएको सात महिना बितिसके पनि उनकी श्रीमती द्रौपदीले भने सो घटनालाई सहन र पत्याउनै सकेकी छैनन् । करिब २२ दिनपछि कृष्णानन्दको शव नेपाल आइपुगेको थियो । तर, द्रौपदीले खबर पाएको दिनदेखि अहिलेसम्म आफूलाई सम्हाल्न सकेकी छैनन् । ३९ वर्षीया द्रौपदीका एक छोरा प्रेमराज १८ वर्षका भए । भने ११ वर्षीया छोरी कक्षा ५ मा पढ्छिन् । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन भनेर दार्चुलाबाट धनगढीमा कोठा भाडामा लिएर बसेको ५ वर्ष भयो । श्रीमान्कै सल्लाहअनुसार छोराछोरी लिएर धनगढी आएकी थिइन् द्रौपदी । तर, कमाएर पठाउने श्रीमान्को विदेशमा मृत्यु भएपछि अब उनलाई छोराछोरी कसरी पढाउने र पाल्ने भन्ने चिन्ताले सताएको छ । अहिले खानलाई कसैले सहयोग गरिरहेको भए पनि बच्चाहरूको पढाइका लागि के गर्ने भन्ने ठूलो चिन्तामा उनी छिन् । अब द्रौपदीको एउटै मात्र माग छ, श्रीमान्को मृत्युको कारण र सरकारबाट राहत । वैदेशिक रोजगारीमा जान चाहने, गएका, फर्किएका र उनीहरुको परिवारलाई बैदेशिक रोजगार ऐन र त्यस अनुरुपको सेवा सुविधाहरुको बारेमा हालको संघीय संरचनाका तीनै तहबाट जानकारी दिन आवश्यक छ । सरकारले वैदेशिक रोजगारीलाई पनि समाजको एउटा महत्वपूर्ण पाटो मानेर वैदेशिक रोजगारमा जाने तथा समस्यामा परेर आउने र उनीहरुको परिवारलाई समेत सुरक्षा दिनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group