काठमाडौं ३१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
ब्यानर र पम्प्लेटसहित नाराबाजी गर्दै माइतीघर मण्डलबाट जिल्ला अदालत अगाडि पुगेको अवस्थामा विप्लवका ती कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड गरेको हो।
धरपकडका क्रममा प्रहरीले प्रदर्शनमा उत्रिएका विप्लवपका कार्यकर्ताहरुको ब्यानर र पम्प्लेट पनि खोसेको छ।
पक्राउ परेका सबै कार्यकर्ताहरुलाई प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ।
अहिले काठमाडौं जिल्ला अदातलमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पक्षमा बहस चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्