ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन बेट खेलाएर करोडौंको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ


ABC NEWS
३१ जेष्ठ २०८०, बुधबार   २ : ५५   बजे

काठमाडौं ३१ जेठ । बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी(४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।

कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूको खातामा करोडौं रकमको कारोबार भएको देखिएको छ।
उनका अनुसार खड्काको खाताबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको कारोबार देखिएको छ।

श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, चन्दको ४५ लाख र लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको खातामा देखिएको एसएसपी केसीले बताए।

यस्तै आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो।

उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu