ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड र मविरुद्धको मुद्दा महत्व दिन लायक विषय होइन : डा. भट्टराई


ABC NEWS
३१ जेष्ठ २०८०, बुधबार   ४ : ०२   बजे

पोखरा ३१ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना कुरालाई कोट्याएर देशलाई पुनः द्वन्द्वमा लैजान खोजिएको टिप्पणी गरेका छन् ।

गृहजिल्ला गोरखाका केही मतदातासंगको अन्तरक्रियामा रहेका भट्टराईले द्वन्द्वसम्बन्धी मुद्दा वृहत् शान्ति सम्झौतापछिको सत्य निरूपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी आयोगले सम्बोधन गरिसकेपछिको अवस्थामा फेरि कोट्याउनु मनासिब नरहेको बताए ।

‘अब हामीले सबै कुरालाई कोट्याएर एक–एक गर्दै मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि द्वन्द्वमा जाने भन्ने हुन्छ । त्यो अत्यन्त गैरजिम्मेवारीपूर्ण कुरा हुन्छ,’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मलाई के विश्वास छ भने जिम्मेवार निकायहरूले यो कुरा बुझ्छन् । बरु छिटो यो कुरालाई आयोगमार्फत टुङ्ग्याइनुपर्छ भन्ने लाग्छ ।’

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूविरुद्ध युद्धको क्रममा बाल सैनिकको प्रयोग गरेको आरोपमा सर्वोच्चमा परेको मु्द्दालाई आफूले खासै महत्व नदिएको समेत बताएका छन् । ‘यो महत्व दिन लायक विषय नै होइन । त्यसैले मैले यसलाई ठूलो महत्व दिएर हेरेको छैन,’ उनले भने ।

साथै, पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले सार्वजनिक गरेको बजेटलाई लिएर त्यति उत्साहित हुनुपर्ने कारण नभएको समेत बताएका छन् । ‘यो पटकको नीति कार्यक्रम तथा बजेटलाई त्यति उत्साहपूर्ण मान्न सकिन्न । कारण, यो पुरानै शैलीमा आएको छ । यसलाई लिएर खास ठुला आशा गर्न सकिन्न,’ उनले भने, ‘यद्यपि, गोरखाको हकमा बजेटले गरेको सम्बोधनलाई नराम्रो भनिरहन जरुरी छैन ।’

अर्को प्रसंगमा संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भट्टराईले यो पटकको गृहजिल्लाको भ्रमण रणनीतिक पुर्वाधारहरूको स्थितिबारे जान्नको लागि भएको प्रतिक्रिया दिए । उनले दुधपोखरी सडक, मध्यपहाडी लोकमार्ग, आरुघाट–लार्के, दरौँदी–लाप्राक र चेपे किनार सडकसँगै अन्य सडक परियोजनाहरू गोरखाका लागि रणनैतिक महत्वका भएका कारण त्यसको प्रगति चाँडो हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu