ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ : प्रेम आले


ABC NEWS
३२ जेष्ठ २०८०, बिहिबार   १ : ०८   बजे

काठमाडौँ ३२ जेठ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिनाथ पसेको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले पशुपतिनाथ मन्दिरमा भएको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री सुदन किराँतीले लुकाएको आरोप लगाए। पशुपतिनाथमा पटकपटक भएका चोरी र लुटपाटमा संलग्न व्यक्तिलाई मन्त्री किरातीले जोगाएको आरोप उनले लगाए।

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ। २०७९ माघ १४ मा पहिलोपटक अर्थमन्त्रालयमा तार काटियो। छानबिन समिति बन्यो,ु उनले भने, ुछानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो। चोरलाई संरक्षण गरियो। घ्याम्पे दान पेटिका हरायो। मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ।ु

उनले बायुसेवा निगम र नागरिक उड्ड्यन प्राधिकरणमा पनि अनिमियतता भएको भन्दै प्रश्न उठाए।

महालेखाको प्रतिवेदनमा वायुसेवा निगम १ अर्ब ७० करोड घाटामा र ५० अर्ब ऋणमा रहेको बताए पनि किराँतीले ३ अर्ब कमायो भनेर ढाँटेको भन्दै उनले पर्यटनमन्त्रीको जवाफ पनि माग गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group