काठमाडौं ३२ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा ८ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडो बूढो), भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) छन्। यीमध्ये केही युट्युबर पनि हुन्।
अनलाइन जुवा खेलाउन एकै व्यक्तिले खोले १२ जनाको नामबाट ६३ वटा बैंक खाता, ६४ करोडको अवैध कारोबार
बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेको थियो।
यी ८ जनालाई अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्