ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमाडोल बस दुर्घटना हुँदा १८ जना घाइते (विवरण अपडेट )


ABC NEWS
२ असार २०८०, शनिबार   ११ : ११   बजे

काठमाडौं २ असार । ललितपुरको इमाडोलस्थित बाहुनधारामा आज (शनिबार) बिहानै बस पल्टिँदा चालकसहित १८ जना घाइते भएका छन्।

लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारास्थित सडकबीचमै पल्टिएको हो।

दुर्घटनामा घाइते सबैलाई ललितपुरमै रहेको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उपलब्ध गराएको विस्तृत विवरणअनुसार घाइते भएकाहरु यसप्रकार छन् :

१. चालक : काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष २४ का सुजन कुँवर– दाहिने हातमा चोट, बोल्न सक्ने, अवस्था सामान्य।

२. उदयपुर घर भई ललितपुरको इमाडोल बस्ने वर्ष २१ का सविन राई– टाउको र पेटमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।

३. पाँचथर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४८ का टीबी लिम्बु, अवस्था– दाहिने कुममा चोट, बोल्न सक्ने, मध्यम।

४. खोटाङ घर भई हाल काठमाडौंको बबरमहल बस्ने वर्ष २७ का गणेश परियार, अवस्था– निधारमा चोट, बोल्न सक्ने, मध्यम।

५. कास्की घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ३८ का संगिना दर्जी, अवस्था दुवै हातमा चोट, बोल्न सक्ने, सामान्य।

६. नुवाकोट घर भई हाल ललितपुरको सानेपा बस्ने वर्ष ३२ की कमला सुनुवार, अवस्था– टाउको र दाहिने हातमा चोट, बोल्न सक्ने, मध्यम।

७. काभ्रेको खानिखोला घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४३ का जितबहादुर घिसिङ, अवस्था– निधार र छातिमा चोट, बोल्न सक्ने, मध्यम।

८. काठामाडौंको दक्षिणकाली घर भई हाल ललितपुरको लुभु चागाथली वस्ने वर्ष ७० की राधा दुलाल, अवस्था– ढाडमा चोट, बोल्न सक्ने, मध्यम।

९. दोलखा घर भई हाल ललितपुरको टीकाथली बस्ने वर्ष २२ की वन्दना लावती, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

१०. सिन्धुली घर भई हाल ललितपुरको सानागाउँ बस्ने वर्ष २२ की अम्बिका लामा, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

११. उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ३८ का पदम बहादुर खड्का, अवस्था– बायाँ हातमा चोट, बोल्न सक्ने, सामान्य।

१२. दोलखा घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४९ की चिना कार्की, अवस्था– दाहिने आँखा र बायाँ खुट्टामा चोट, बोल्न सक्ने, मध्यम

१३. दोलखा घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ३३ की प्रमिला कार्की, अवस्था– टाउको र दाहिने कुमममा चोट, बोल्न सक्ने, मध्यम।

१४. ओखलढुंगा घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४५ का राजेश लामा, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

१५. मकवानपुर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ६० का रामप्रसाद लोहार, अवस्था– बायाँ घुँडा र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।

१६. ललितपुरको लुभु शंखादेवी बस्ने वर्ष ३० का विशाल नेपाली, अवस्था– बाँया खुट्टामा चोट, बोल्न सक्ने, मध्यम।

१७. सिन्धुली घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ६७ की जयमा गोले, अवस्था– छातीमा चोट, बोल्न सक्ने, मध्यम।

१८. रौतहट घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष १४ का पञ्कजकुमार शर्मा, बाहिरी चोट नभएको सामान्य।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group