ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सत्तरी वर्षको उमेर हद चीन–अमेरिकामा त छैन हामीले किन झमेला व्योहर्ने ? : अध्यक्ष ओली


ABC NEWS
२ असार २०८०, शनिबार   ५ : ०८   बजे

काठमाडौँ २ असार । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि सत्तरी वर्षको उमेर हद हटाउने निर्णय गर्नु परेको बताएका छन् । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेर हद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टीकरण थियो ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेर हद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए । अध्यक्ष ओलीले पार्टीका युवाहरूलाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ रु भनेर प्रश्न समेत गरे ।

ओलीले भने, ‘अब थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन् । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एटजष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाइदिनपर्‍यो । ७० वर्ष कहीँ पनि छैन दुनियाँमा । अमेरिकामा छ रु ८० वर्षको मान्छेले राष्ट्रपति चलाई राखेको छ । अनि, शेरबहादुर देउवाजी ७७–७८ कति वर्ष हो ? चलाइराख्नु भएको छ । कतै पनि छैन ७० ।
हाम्रोमा हामीले राखेका थियौँ । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्‍यो । त्यसकारण हामीले हटाउने भन्यौँ । यसमा फेरी हाम्रा साथीहरू किन यो ७० हटाउने कुरा भएन के रु ए बाबा, चुनाव लडनुस् आउँदो महाधिवेशनमा । हुनुस् अध्यक्ष कसलाई मन लाग्छ । उपाध्यक्ष, महासचिव हुनुस् । झन् राम्रो भयो नि त ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लड्न पाउने भए । अनि किन आपत्ति जनाएको ? दौडिनुस् । यति वर्ष भन्दा माथिकालाई दौडन दिन्न किन भन्ने रु ७० कासँग दौडनुस् । ७० का सँग दौडँदा अगाडि जानु भयो भने ठिकै छ । पदक लिनुस् । दौडन नसक्ने, घरमा बस्ने अनि घरमा बसेर गफ गरेर ७० वर्ष किन हटाइयो भन्ने फेरि । यो राजनीतिक कुरा भएन ।’

उनले थपे, ‘कुनै पनि पार्टीमा यस्तो छैन । यस्तो अमेरिकामा छ, बेलायतमा छ रु भारतमा छ ७० वर्ष रु जापानमा छ, चीनमा छ, कहीँ छ रु चीनमा थियो, हटिसक्यो ,। अव सिजिन पिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो । हटाई सके । उहाँले ७० वर्ष पनि पार गरिसक्नु भयो । अनि, चीनले पनि यसलाई सच्यायो । ६५ वर्ष थियो साईप्रसमा । साईप्रसले पनि हटाईसक्यो काम लाग्ने रहेनछ भनेर । सबभन्दा पछि हामीले राखेका हौँ ७० वर्ष । दुई, तीन वटा पार्टी थिए ७० वर्ष राख्ने पार्टी दुनियाँमा । चिनिया कम्युनिस्ट पार्टी, साईप्रसको पार्टी र हाम्रो पार्टी । अरूले छाडे, हामीले पनि अन्तिममा छोड्नै पर्‍यो । किनभने यो उपयोगी भएन । त्यसकारण यस्ता कुरामा अल्मिलिएर, अल्झेर, राजनीतिक कुरा नगरेर ७० वर्ष भयो कि नभएन रु दुनियाँमा कहीँ नभएको कुरा, कहीँ नभएको जात्रा एमाले किन गर्न जरुरी छ रु त्यसकारण हामीले त्यसलाई छोडने भएका हौ । त्यसका कुनै साथीहरूले बेकारमा चर्चा, परिचर्चा गरेर । कोही भन्दै हिँडेका छन्–यो महाधिवेशनमा हुन दिँदैनौँ । अव यही कुरा बाँकी छ हामीले गर्नुपर्ने रु महाधिवेशनमा नीति तय गर्ने, कसरी जाने, कसरी लाने भन्ने कुरा भन्दा यस्ता नचाहिने कुरामा अलमलिने रु काम गर्न नसक्ने छ भने ७० वर्ष चाहिँदै चाहिँदैन ।
६० वर्षमा पनि काम गरेन भने के गर्ने रु काम गर्न नसक्ने भएपछि त सिद्धियो नि । काम गर्न सक्दैछ भने हामी कसैलाई उम्मेदवार बनाउँदैनौ । उम्मेदवार बन्छ कोही भने काम गर्न नसक्ने मान्छे उम्मेदवार भएछ भने भोट नदिउँला नि के भयो र । काम गर्न नसक्नेलाई भोट नदिने कुरा त हाम्रै हातमा छ नि त । त्यसो भएर यस्ता अनावश्यक कुरामा अल्झिरहने होइन । यो नचाहिने कुरामा अलमलिने होइन । हामी राजनीतिक भएर बुढाबुढीहरू लौरो टेकेर अघि बढ भन्छौ हामी । केटाकेटीहरु अगाडि बढ, युवाहरु अगाडि बढ । किशोरकिशोरीहरु अगाडि बढ । अहिले जो १४ वर्षका केटाकेटी अव २०८४ को चुनावमा मतदाता हुन्छन् । उनीहरूलाई पनि अलमल नगराई लिएर जानुछ हामीले । त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु–नयाँ पट्टी फर्किऊ । नयाँ बनाऊ । अव कोहीकोही बुढाबुढी भएर पनि काम गर्न सक्छौं भन्छन् भने । उमेरले जे भएपनि मान्छे काम गर्न सक्छ भने काम गर्न दिने । हामीले काम गर्न नदिनुपर्ने केही जरुरी छैन । काम गर्न रोक्नुपर्ने, काम गर्न प्रतिबन्ध लगाउनुपर्ने केही जरुरी छैन । काम गर्न सक्छन् भने दिने । त्यसकारण म दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु–हामी जित्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् ।’

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । सिद्धिसकेका तत्त्वहरूले समाजवादी मोर्चा बनाउने प्रयास गरेकाले त्यसमा आत्तिनुपर्ने कुनै कारण नरहेको पनि उनले बताए । ओली देशविरोधी शक्तिहरू एमालेको विरुद्धमा लागि परेको आरोप समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group