ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेल्धुरा मेडिकल कलेज सुदूरपहाडका लागि कोसेढुङ्गा


एबीसी न्यूज
३ असार २०८०, आइतबार   ३ : ४४   बजे
काठमाडौं, ३ असार । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भरपर्दो उपचार नपाएर ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक छ । सामान्य बिरामी भए पनि उपचारका लागि धनगढी, कोहलपुर र काठमाडौँ तथा भारत लैजानुपर्ने अवस्था छ ।
उपचारका लागि कैलाली र कञ्चनपुर लैजाँदा बाटोमै ज्यान जान्छ । भरपर्दो सडक नहुँदा समयमै अस्पताल पु¥याउन सकिँदैन । सरकारले हालै डडेल्धुरा मेडिकल कलेज घोषणा गरेर काम अगाडि बढाएपछि यहाँका जनताको आशा पलाएको छ । यहाँका जनताले डडेल्धुरा मेडिकल कलेज सुदूरपहाडका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छन । मेडिकल कलेज सञ्चालनमा ल्याउन सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भइ काम अघि बढिसकेको छ ।
डडेल्धुराका चेतन बोहराले डडेल्धुरा मेडिकल कलेज सुदूरपहाडका लागि कोसेढुङ्गाको रुपमा हेरिएको बताउनुभयो । “बिरामी पठाउने डडेल्धुराले यहाँबाट चिकित्सक उत्पादन गर्ने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो–“दार्चुला, बैतडी, बाजुरा, डडेल्धुरा, बझाङ, डोटी र अछामका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन ।” सरकारले घोषणा मात्रै गर्ने तर काम गर्न ढिलाइ गर्ने गरेको उल्लेख गर्दै बोहराले स्वास्थ्य जस्तो संवेदनशील विषयमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
“सरकारले मेडिकल कलेज बनाउने घोषणा गरेर ठुलो आशा देखाएको छ”, उहाँले भन्नुभयो–“मेडिकल कलेज सञ्चालनमा ढिलाइ नहोस ।”
सुदूरपश्चिममा मेडिकल कलेज सञ्चालनमा ल्याउनसके छिमेकी मूलुक भारतबाटसमेत यहाँका विद्यार्थी आउने ठूलो सम्भावना रहेको आर्थिक विश्लेषक गोकर्ण अवस्थी बताउनुहुन्छ । “सुदूरका पहाडी जिल्लामा सडकको सुविधा भए बिरामीलाई सहज हुन्छ”, उहाँले भन्नुभयो–“यहाँ न्यून शुल्कमा मेडिकल कलेज र अन्य इञ्जीनीयरिङका विषयका कलेज सञ्चालन गर्ने सके छिमेकी मुलुकबाटसमेत विद्यार्थी आउने ठूलो सम्भावना छ, विशेषगरी सुदूरपश्चिमको पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउनेछन् ।”
डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुने र प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने उहाँको भनाइ छ ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले कलेज सञ्चालनमा ल्याउनका लागि पाठ्यक्रम निर्माण, भौतिक संरचना निमार्णलगायत काम अघि बढेको बताउनुभयो ।
“डडेल्धुरामा मेडिकल कलेज सञ्चालनपछि सुदूरपहाडका यहाँका जनताको स्वास्थ्य सेवामा पहुँच हुनेछ”, उहाँले भन्नुभयो–“पहाडी भेगका जनताले  सहजरुपमा स्वास्थ सेवा पाउनेछन ।” उहाँले अहिले दार्चला, बाजुराका जनताले चौध÷पन्ध्र घण्टा यात्रा गरेर मात्रै स्वास्थ्य सेवा पाउने गरेको उल्लेख गर्दै डडेल्धुरामा मेडिकल कलेज सञ्चालनपछि सात÷आठ घण्टाको दुरीमा स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
“यहाँका विद्यार्थीले घर आँगनमै सरकारी शुल्कमा स्वास्थ्य शिक्षा पाउनेछन”, जोशीले भन्नुभयो–“हामीले यसै शैक्षिक सत्रदेखि भर्ना गर्ने गरी काम अगाडि बढाएका छौँ ।” उहाँले मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडामा ८४ रोपनी जग्गा प्राप्त भइसकेको जानकारी दिनुभयो ।
डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा हाल दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको छ । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको काम भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले बताउनुभयो । “बोलपत्र आह्वान गरेर डिपीआर निमार्णको प्रक्रिया अघि बढिसकेको छ ।”
उहाँले भन्नुभयो–“मेडिकल कलेजमा पाँच विषयको अनुमति लिनेछौँ । तत्काललाई दुई विषयको मात्रै अध्ययन हुन्छ ।” अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा छ त्यसलाई थप गरेर सुरुवातमा तीन सय शय्याको अस्पताल सञ्चालन हुने उहाँले बताउनुभयो । सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्ने निर्णय गरेपनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुनसकेको थिएन ।
डडेल्धुरा मेडिकल कलेजका डीन डा हेमनाथ जोशीले अहिले डडेल्धुरा क्षेत्रीय अस्पतालमा सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताउनुभयो । “अस्पतालको भवन निर्माण भइरहेको छ । अझै आठ÷नौ महिना समय लाग्छ ।” उहाँले भन्नुभयो–“स्नातकतहको अध्ययनका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र पठाइसकेका छौँ ।” उहाँले चिकित्सा शिक्षा आयोगबाट अनुमति पाए आउँदो फागुन÷चैतदेखि विद्यार्थी भर्ना गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu