ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेश निषेध


ABC NEWS
३ असार २०८०, आइतबार   ४ : ०६   बजे

काठमाडौं ३ असार । पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएर आफूहरूको अपमान गरेको आरोप लगाउँदै ताप्लेजुङस्थित विभिन्न संघ–संस्थाहरूले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।

नेपालको संविधानले मुलुकका हरेक नागरिकलाई आवतजावतमा रोक लगाउने कल्पना गरेको छैन। यद्यपि आफूलाई पहिचानका पक्षमा रहेको दाबी गर्ने संघसंस्थाहरूले भने गृहजिल्लामै भट्टराईलाई प्रवेश रोक लगाउने घोषणा गरेका हुन्।

जिल्लाको खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई प्रवेश निषेध घोषणा गरेका हुन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको आरोप लगाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको ती संघसंस्थाको आरोप छ।

ती संघ संस्थाले जारी गरेको विज्ञप्तिमा ताप्लेजुङबाट निर्वाचित भट्टराईले प्रतिनिधिसभामा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाइएको छ।

‘भट्टराईले संघीय सभाको औपचारिक बैठकमा दिएको गैरजिम्मेवार हिंसात्मक अभिव्यक्तिबाट देशको सिंगो पहिचानवादी राजनीतिक दल, संघ(संस्था, नागरिक समुदायसँग हामी ताप्लेजुङवासी हदैसम्म दुखित बनेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले अभिभावक बनेर गहन भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले आवाज नै दबाउने अतिरञ्जित हिंसात्मक अभिव्यक्ति दिएर समुदाय(समुदायबीच भड्काउने, साम्प्रादायिक हिंसा निम्त्याउने अराजक अभिव्यक्ति दिएको आरोप लगाएका छन्। पहिचानवादीहरूसँग उनले माफी समेत माग्नुपर्ने बताइएको छ।

‘ताप्लेजुङको तर्फबाट एक जिम्मेवार अभिभावक बनेर गहन भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा सामाजिक न्यायको आवाज उठाइरहेका आवाजहरूलाई दबाउने यस्तो अतिरञ्जित हिंसात्मक अभिव्यक्ति दिएर समुदाय–समुदायबीच भड्काउ साम्प्रदायिक हिंसा निम्त्याउने अराजक अभिव्यक्ति संघीय सभाको बैठकबाट व्यक्त गर्नुभएकोमा यो अभिव्यक्तिलाई फिर्ता लिएर आम पहिचानवादीहरूसँग सार्वजनिक माफी माग्नुपर्ने छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रदेश १को कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने र गृहजिल्ला ताप्लेजुङमै प्रवेश निषेध घोषणा गरेको उक्त विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा पहिचानवादी आन्दोलनकारी जनताहरूको आत्मसम्मान, भावनालाई सरकारसँग वार्तासँगै सहजीकरण गर्नुपर्ने ठाउँमा ठिक उल्टो बाटोमा एमाले अध्यक्ष र सचिव लागेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu