ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट कम हुँदा कार्यान्वयनमा समस्या मन्त्री ज्वाला


एबीसी न्यूज
४ असार २०८०, सोमबार   ५ : ३४   बजे
काठमाडौं, ४ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा कठिनाइ हुने बताउनुभएको छ । पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री ज्वालाले मन्त्रालय अन्तर्गत बिनियोजित बजेट कम भएको भन्दै सञ्चालनमा रहेका आयोजना सम्पन्न गर्न पनि समस्या हुने देखिएको बताउनुभयो ।
“निरन्तर सञ्चालन हुँदै आएका आयोजनासमेत कम बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “बजेट घटेर आएकाले कार्यान्वयनमा धेरै समस्या हुने देखिएको छ ।” उहाँले वैदेशिक सहायतामा अघि बढेका आयोजनामा धेरै बजेट विनियोजन गरिएको र आवश्यक आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “खर्च नहुने ठाँउमा बजेट धेरै र दायित्व सिर्जना भएको ठाँउमा बजट कम बिनियोजन भयो ।”
उहाँले विभिन्न आयोजनामा रु पाँच लाख मात्रै  बजेट विनियोजन हुनु बाध्यता  र विवशता भएको टिप्पणी गर्नुभयो । मन्त्री ज्वालाले तराई–मधेस द्रुतमार्ग विसं २०८३ भित्र सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै आगामी आवमा कार्यतालिका बनाएरै अघि बढ्ने योजना प्रस्तुत गर्नुभयो ।
छलफलमा समिति सदस्यहरुले विनियोजित बजेट संशोधनको प्रस्ताव गर्नुभयो । उहाँहरुले बजेट सन्तुलित ढङ्गले विनियोजन नभएको भन्दै सच्याउनुपर्नेमा जोड दिनुभयो ।  समिति सदस्य वसन्तकुमार नेम्वाङले बजेट विनियोजनको विधेयक संशोधन गर्नुपर्ने राय प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट कटौती भएको छ । सबैको चित्त बुझाएको छैन, यो विधेयक संशोधनका लागि किन प्रस्ताव नगर्ने रु”
सदस्य चन्द्रकान्त राउतले सिद्धान्तअनुसार बजेट विनियोजन नभएको भन्दै संशोधनको आवश्यकता औल्याउनुभयो । सदस्य प्रदीप पौडेलले पनि बजेट बाँडफाँटको सिद्धान्तअनुसार विनियोजनमा एकरुपता नदेखिएको बताउनुभयो । “बजेटमा नयाँ आयोजना नआए पनि पुरानै आयोजना कसरी सम्पन्न गर्ने भन्नेमा बजेट केन्द्रित हुनुपर्दथ्यो”, उहाँले भन्नुभयो, “रु पाँच लाखका दरले छरिएर बजेट बिनियोजन गर्नुभन्दा आवश्यक आयोजनामा एकमुष्टरुपमा बजेट हालौँ ।”
समिति सदस्य बीना लामाले बजेट सच्याउनुपर्ने राय व्यक्त गर्नुभयो । उहाँले आवश्यकता अनुसार सीमित आयोजना छनोट गरी पर्याप्त बजेट छु्ट्याउनुपर्ने बताउनुभयो । सदस्य उर्मिला माझीले आगामी आवका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विनियोजित बजेट कनिका छरेजस्तो भएको बताउनुभयो । “बजेट कनिका छरेजस्तो गरी विनियोजन भएको छ । लमजुङ जिल्लामा एक दर्जन पुलका लागि रु दुईदेखि पाँच लाख पनि बजेट विनियोजन गरिएको छ ।”
समिति सदस्य निर्मला कोइरालाले पर्सामा पूर्वाधार निर्माणका लागि बजेट नपरेको बताउनुभयो । समिति सदस्य कल्पना चौधरी, दीपकबहादुर सिंह, प्रतिमा गौतम, मैना कार्की, प्रेमबहादुर मर्हजन र ऐनबहादुर शाही ठकुरीले आगामी आवको बजेट विनियोजनलाई थप संशोधन गर्न प्रस्ताव गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सदस्यहरुले वर्षातको समयमा सडक निर्माण र मर्मत सम्भारको नाममा बजेट सक्ने मात्र काम गर्ने प्रवृति रोक्नु सुझाव दिनुभयो । उहाँहरुले वर्षौंदेखि सम्पन्न हुन नसकेका आयोजनाका निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनसमेत मन्त्रालयको ध्याआकर्षण गराउनुभयो ।
बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सम्बन्धित विगत पछिल्लो पाँच आर्थिक वर्षको विनियोजित बजेट र खर्च विवरणबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu