ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेसँग हतारमा गरिएको एकताका शिक्षाले समाजवादी मोर्चा टिक्नेछ : प्रम प्रचण्ड


ABC NEWS
४ असार २०८०, सोमबार   ६ : १६   बजे

काठमाडौं ४ असार । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएर दुर्घटना भएजस्तो समाजवादी मोर्चा नहुने दावी गरेका छन् ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए ।

त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘शायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं कि रु’

‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर विचार राजनीति, संगठन, कार्यशैलीमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य रोखको भए हामी सफल हुन्थ्यौं कि रु सबैले सोच्नुपर्ने परिस्थिति छ’, उनले थपे ।

निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको उनले स्मरण गरे ।

हिजोको तितो अनुभवबाट सिक्नुपर्ने भन्दै उनले भने, ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संस्केलण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।’
प्रचण्डले नेकपा एमालेसँग हतारमा एकता गरेर अहिले पछुताउनु परेको बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका दाहाले समाजवादसम्म पुग्न आफ्नै पहलमा एमालेसँग एकता भए पनि लामो समय टिकाउन नसक्दा पछुताउने अवस्था आएको बताएका हुन्।

‘एमालेसँग हतारमा एकता गर्नु गल्ती थियो। हामीले यसैगरी त्यसबेला पनि पहिले समाजवादी मोर्चा बनाउनु पर्थ्यो’, उनले भने, ‘पहिले यस्तै मोर्चा बनाएर विचार, सिद्धान्त र कार्यनीति मिलाउँदै गएको भए टिक्ने रहेछ। कार्यकर्तामा पनि अन्तरघुलन गर्दै एकता गरेको भए राम्रो हुने थिए छ।’

उनले अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने पनि बताएका छन्।

‘हामी अहिले समाजवादी मोर्चामा रहँदा पनि सबै पार्टी स्वतन्त्र हैसियतमा हुन्छन्’, उनले भने, ‘हामी अब देशलाई समाजवादी मोर्चामार्फत समृद्धि र सामाजिक न्याययुक्त देशमा लैजान्छौँ।’

प्रचण्डले अहिले शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चा डटेर उभिने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu