ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेशको ‘एडल्ट क्लब’ भन्ने कटाक्षलाई काउन्टर ‘बा’को कलाविहीन चाकडी ‘


ABC NEWS
५ असार २०८०, मंगलबार   ९ : ०३   बजे

काठमाडौं ५ असार । नेकपा (माओवादी केन्द्र) समेतका चार वटा दलको समाजवादी मोर्चा बनेपछि राजनीतिक क्षेत्रमा टिकाटिप्पणी शुरु भएको छ । यो मोर्चाको भय सवैभन्दा बढी एमालेमा देखिएको छ । मोर्चा नवन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले लिभिंग टुगेदर चलेकै थियो किन चाहियो मोर्चा भन्ने टिप्पणी गरेका थिए । ओलीले भन्दा चर्को रुपमा एमाले सचिव योगश भट्टराईले चर्को रुपमा मोर्चाको आलोचना गरेका छन् ।
योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् – ‘नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीदेखि उपेन्द्र यादब नेतृत्वको जसपा अनि विचमा प्रचण्ड र माधब नेपाल ।
नाम समाजबादी मोर्चा ।
समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तरास्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्‍टिकोण, २००७, २०४६, २०६२र ६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्‍टिकोण, आजको संविधानलाई हेर्ने दृष्‍टिकोण लगायतमा वहाँका विचमा एकरुपता छ ?
एसो हेर्दा भविष्य छोटो भएकाहरुको एडल्ट क्लब जस्तो । जहाँ ईतिहासको बखान हुन्छ तर भविष्यको कुनै सपना हुँदैन । हेर्दे जाऊं ।’

योगेश भट्टराइलाई एकजना फेसबुक प्रयोगकर्ताले उनकै स्टाटसमा टिप्पणी गर्दै भनेका छन् बा को कलाविहीन चाकडी । ती टिप्पणीकर्ता केशव घिमिरेले भट्टराईलाई भन्छन् –
‘एमालेलाई राम्रो सम्हानु नि,बा लाई खुसी पार्न कलाविहिन हिसाबले गरेको चाकडी ,बा को स्तुति गान र भक्ती भाव प्रदर्शनले मधेसको इञ्चार्ज भए पछि र दक्षिणतिर साधुहरु मार्फत बनाएको भारतीय लाइनले साउथ ब्लकका पेटी कण्याक्टरहरुसम्म मात्रै पुग्न सक्नुहुन्छ ।बा भक्तीभावको अहिलेसम्मको पहुँच ूरू का पेटी कण्ट्याक्टरसम्म मात्रै हो ।त्यसकारण आफ्नो धरातल नविर्सि कृत्रिम भएपनि बा भक्ति र भारत भक्ति देखाउन यसरी गाली गरिरहन पर्छ कामरेड । अझै गाली का गहकिला शब्द खोजेर हानीरहनुस ,बा का अरु अनुयायीहरु भन्दा कमजोर गाली नगर्नु फेरि फिर्ता बोलाउन मधेसबाट ।तिखो तिखो प्रहार गर्ने शब्द खोज्नु ।’
प्रधानमन्त्री सचिवालयका मिडिया विज्ञ मनहरि तिमिल्सिेना टिप्पणी गर्छन् – ‘दाजुका दुख नि अनिगिन्ती छन्। कहिले अति देवत्वकरण, कहिले राक्षसीकरण। टोपबहादुर कमरेड पनि पहिला यस्तै हुनुहुन्थ्यो।’ अर्का टिप्पणीकर्ता विजय गौतम थप्छन् – ‘७० वर्ष हटाउनेहरुले “एडल्ट कल्ब” भन्दा कौवाको याद आयो ।समाजवाद’ आफैमा कुनै इतिहासको बखान हैन, यो यात्रा हो । स्वर्णिम भविष्य हो । सहिदको सपना हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

सम्बन्धित

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu