ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाविरुद्ध नेपालले पायो २ सय ८ रनको लक्ष्य


एबीसी न्यूज
५ असार २०८०, मंगलबार   ६ : ३३   बजे

अमेरिकाविरुद्ध नेपालले पायो २ सय ८ रनको लक्ष्य
 काठमाडौँ ५  असार : आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले जितका लागि २ सय ८ रनको सामान्य लक्ष्य पाएको छ।

जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो।

अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले चार विकेट लिए। करण केसी आफ्नो नवौ ओभरमा १७ रन खर्चे। करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए।

करणले दशौं ओभरको दोस्रो बलमा नोसथुस केन्जीगलाई आरिफ शेखको हातबाट क्याच आउट पवेलिएनको बाटो देखाए।

करणले नै आठौं ओभरको पाँचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। करणले नै दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराए। करणले पाँच ओभरमा ४ विकेट लिन मात्र ७ रन खर्चिएका थिए।

 

 

र गुलसन झाले ३ तथा दिपेन्द्र सिंह ऐरिले दुई विकेट लिए।

ललित राजवंशी एक विकेट आफ्नो नाममा गरे। किफायती बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २० रन दिदै १ विकेट लिए।

सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन बन्दा नेपालका लागि मंहगा सावित भए। सन्दीपले आफ्नो स्पेलमा ५८ रन दिदा विकेट लिन सकेनन्।

अमेरिकाका लागि सयान जहानगिर १ सय रनमा नटआउट रहे। ७९ बल खेलेका उनले ९ चौका र ३ छक्का हाने। संकटकाबीच सयानले ओडिआइ करियरमा पहिलो शतक पूरा गरे। ७९ बलमा १० चौका र ३ छक्का मद्दतमा उनले १ सय रन पूरा गरे।

शुसान्त मोदानीले ४२, गजानन्द सिंहले २६ र जस्सी पटेलले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आईसीसी विश्वकप छनोटको शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्नका लागि नेपाललाई आजको खेल जित्नपर्ने दबाब छ। नेपाल र अमेरिका दुवै टोल पहिलो जितको खोजीमा छन्।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

यही समुहको अर्को खेलमा नेदरल्याण्ड्सले जिम्बाब्वेसामु ३ सय १६ रनको विशाल लक्ष्य दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu