ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरोले मुहान बगाउँदा खानेपानी समस्या


एबीसी न्यूज
६ असार २०८०, बुधबार   १ : २९   बजे

काठमाडौ , असार ६ । बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पु¥याउँदा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य छन् । खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन् । पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले शुद्ध पानी खान समस्या भएको स्थानीयवासीको भनाइ छ ।
खानेपानीको मुहान अङ्गुवा खोला र थाढे खोलाको मुहानमा ३० भन्दा धेरै ठाउँमा पहिरोले क्षति पु¥याएकाले खानेपानीको समस्या आएको थाढे खोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्माराज लिम्बूले बताए । उनले भने“अहिले खानेपानी वितरण पूर्णरुपमा बन्द भएको छ । खानेपानीको मुहान बगाएको छ । केही खानेपानीका संरचानमा पूर्णरुपमा क्षति गराएकाले अहिले खानेपानी आपूर्तिमा समस्या भएको छ ।”
बाढीपहिरोले सुरुम खिमका केराबारी, बुरुमखिम र टारी विभिन्न खानेपानीको पाइप बगाउँदा करिब दुई सय ९० घरपरिवार खानेपानीबाट प्रत्यक्ष प्रभावित भएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिए । मेरिङदेन गाउँपालिकासमेत खानेपानीको समस्या हँुदै आएको छ । खानेपानी आयोजनाको संरचना बाढीपहिरोले बगाएपछि खाने पानीको समस्या भएको गाउँपालिकाले जनाएको छ । खानेपानीको पाइप, मुहान तथा ट्याङ्कीसमेत बगाउँदा ७४ घरपरिवार खानेपानीबाट वञ्चित भएको मेरिङदेन गाउँपालिकाका विपद् व्यवस्थापन समितिले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu