ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी


एबीसी न्यूज
६ असार २०८०, बुधबार   २ : ३७   बजे
काठमाडौं, ६ असार ।  ‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,
किन जानु साइलो दाइ हङकङ र मलाय’
आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछापालनबाट वार्षिक रू एक करोड ३० लाख आम्दानी गरिरहनुभएको छ ।
एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले आफूसहित अन्य चार जना स्थानीयको सामूहिक लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गर्नुभएको हो ।
मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रफलमा रू तीन करोड लगानीमा सञ्चालित फार्मबाट वार्षिक रुपमा रू एक करोड ३० लाख भन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधि बनेसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ ।
चारैतिर वन र दुईतिर खोलाकोबीच भागमा रहेको पातीखोला रेम्बो ट्राउट पालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट ४० मिनेटको दुरीमा पुग्न सकिने उहाँको फर्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।
फार्म यतिबेला विभिन्न क्लब, सङ्घ संस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसान अध्ययन तथा अवलोकनका लागि आउने गरेका तिमिल्सिनाले बताउनुभयो । “फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँलगायत सहरका माछा पारखीलाई पुर्‍याउन भ्याइनभ्याई भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार फार्ममा पाँच जनाले रोजगार पाएका छन् । फार्ममा वार्षिक सवा लाख माछा उत्पादनको क्षमता रहेको छ ।
विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मा लगायत व्यक्तिले सञ्चालन गर्नुभएको थियो । केही वर्षअघि आएको बाढीले फार्म पूर्णरुपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाको सामूहिक लगानीमा पुनः नयाँ फार्म सञ्चालन गरिएको थियो । फर्म व्यवस्थापनको सबै जिम्मा तिमिल्सिनाले लिनुभएको छ ।
फार्मबाट प्रतिवर्ष करिब रू एक करोड ३० लाख आम्दानी हुने गरेको छ भने झण्डै रू सवा करोडको हाराहारीमा खर्च हुने गरेको सञ्चालक शर्माले जानकारी दिनुभयो । अन्य समयमा फार्मबाट मनग्ये आम्दानी हुने गरेको सुनाउँदै उहाँले कोरनाकालमा धेरै दुःख र हैरानी झेल्नुपरेको बताउनुभयो ।
शर्माका अनुसार अस्थायी र स्थायी गरी कूल ३७ पोखरी छन् । “फार्म सञ्चालनका लागि सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र पर्वतले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो ।
केही महिनाअघि मात्रै मत्स्य विकास केन्द्रले फार्मको थप स्तरोन्नति गरी पोखरी निर्माणका लागि रू पाँच लाख सहयोग गरेको शर्माले जानकारी दिनुभयो । हाल रेम्बो ट्राउट माछा प्रतिकेजी रू एक हजारमा बिक्री हुने गरेको छ । “पोहोर–परारसम्म त होलसेलमै एघाररबाह्र सयसम्म पाथ्र्यौ ।
विकास तिमिल्सिनाकी धर्मपत्नी सरस्वती भन्नुभयो, “दाना ल्याउन र माछा ढुवानी गर्न कच्ची बाटो भएकाले केही कठिन भएको छ । किसानका गफ गर्ने सरकारले यस्ता उद्यमीहरुलाई राहात हुने गरी कृषि सडकको स्तरोन्नति गरिदिए हुन्थ्यो ।” फार्म दुई खोलाको बीचमा रहेकाले आवातजावत गर्न पुल नहुँदा काठको कच्ची पुल आफैले निर्माण गरी ओहोरदोहोर गर्नुपरेको उहाँको भनाइ थियो ।
भारतीय बजारबाट सस्तो दरको माछा स्थानीय बजारमा सहजै आउने भएकाले  बजारीकरणका लागि केही समस्या हुने गरेको तिमिल्सिनाको गुनासो छ । उहाँका अनुसार भारतीय बजारको माछा रू चाररपाँच सय केजी पाइन्छ । “हाम्रो स्थानीय उत्पादन स्वाद र गुणस्तरमा राम्रो भए पनि उपभोक्ता सबैले गुणस्तर नहेर्ने भएकाले समय–समयमा केही समस्या झेल्न परिरहेको छ”, उहाँले भन्नुभयो ।
तिमिल्सिनाले चोरी निकास भई भारतीय बजारबाट आउने माछाको गुणस्तरीयता मापन गर्न, उपभोक्ता प्रतिकूल हुने खालका माछा बिक्री वितरणमा रोक लगाउन तथा नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरवाही गर्नेलाई कडा निगरानी गर्न तीनै तहका सरकारकासँग माग गर्नुभयो ।
“स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने भएकाले स्थानीयको रोजाइमा यहाँ उत्पादित माछा पर्ने गरेको छ”, उहाँले भन्नुभयो । यहाँ उत्पादन हुने माछाको माग स्थानीय कुश्मा–बागलुङ बजारका साथै पोखरा, काठमाडौँलगायत क्षेत्रमा हुने गरेको उहाँको भनाइ थियो ।
भुरा उत्पादन समेत सुरु
पातीखोला रेन्बो ट्राउन फार्ममा माछाका भुरासमेत उत्पादन गर्न थालिएको छ । सञ्चालक तिमिल्सिनाले छुट्टै ह्याचरी ९पोखरी० निर्माण गरी सोही पोखरीमा परिपक्क माउ माछा राखी असोजदेखि भालेपोथी छुट्याउने र उनीहरुबाट कृतिम विधिबाट भुरा उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । विसं २०७३ देखि भुरा उत्पादन सुरु गरिएको भए पनि व्यावासायिक रुपमा यही वर्षदेखि सुरु गरिएको उहाँले बताउनुभयो ।
यस वर्ष आफ्नो फार्मका लागि चाहिने सवालाख बढी भुरा उत्पादन गरेको तिमिल्सिनाले जानकारी दिनुभयो । “यस वर्ष हामीले आफ्नो लागि मात्र उत्पादन गर्यौँं, अर्को पटक भुरा पनि बिक्री गर्ने गरी उत्पादनमा जुट्छौँ”, उहाँले भन्नुभयो, “यहाँको हावापानी राम्रो छ, यहीं पानी घट्टसमेत निर्माण गरेर स्थानीय उत्पादन जम्मा गरी माछाका लागि केही आहारा पनि स्थानीयस्तरमै निर्माण गर्ने गरेका छौँ ।”
तिमिल्सिनाका अनुसार भुराका लागि सिद्रामाछा, अण्डा, ल्याक्टोजिन, दूध, इष्ट, भिटामिन ‘ए’, ‘वी’, ‘सी’, ‘डी’, ‘इर्’, ‘वीवान, वीटु, वीसिक्स, वीटुवेल, भट्ट, आँटा चाहिन्छ । यी खाद्यान्नको समुचित प्रयोग गरेर भुरा माछालाई नौ महिनापछि १२ ग्रामको बनाउन सकिन्छ । माछाका लागि चाहिने दाना अलिक महँगो रहेको उहाँको गुनासो छ ।
“ठूलो माछाका लागि प्रतिकेजी रू एकसय ५५ र सानो माछाका लागि प्रतिकेजी रू छ सय बढी पर्ने गर्दछ”, तिमिल्सिनाले भन्नुभयो, “पूरै प्याकेजिङ दानाको भरप¥र्यो भने महँगो हुने भएकाले स्थानीयस्तरमा दाना बनाएर खुवाउने कुरामा समेत हामी लागि परेका छौँ ।” उहाँका अनुसार माछा दुईसय ग्राम भएपछि खानयोग्य हुन्छ ।
तिमिल्सिनाले यसको तौल अधिकतम् पाँच किलोसम्म हुने उहाँले जानकारी दिनुभयो । रेम्बो ट्राउट माछा स्थानीय असला माछाको स्वादमा पाइने हुँदा धेरैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group