ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्याय माग्न उपप्राध्यापक चलाउने सर्वोच्चमा


एबीसी न्यूज
७ असार २०८०, बिहिबार   १ : ०६   बजे

काठमान्डौ असार ७
काठमाडौँ — ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उपप्राध्यापक प्रेमबहादुर चलाउने निवेदन लिएर सर्वोच्च अदालत गएका छन् । उनको निवेदन बुधबार दर्ता भएको र बिहीबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

चलाउनेमाथि भएको आक्रमणको मुद्दा सरकारले गत जेठ ३० मा फिर्ता लिने निर्णय गरेको थियो । सरकारी निर्णय कानुनसम्मत नभएको र आरोपितहरूको संरक्षण गर्न खोजिएको भन्दै चलाउनेले निर्णय खारेजीको माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउने सरकारको निर्णयपछि सोमबारदेखि कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा अनशन बसेका छन् ।

उनलाई ३ वर्षअघि त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए । आक्रमणमा संलग्न हरि आचार्य, योगेन्द्र रावललगायत ७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । धरौटीमा छुटेका आरोपितलाई उन्मुक्ति दिने गरी सरकारले मुद्दा फिर्ताको निर्णय लिएको छ । तर, सरकारको निर्णयको जिल्ला अदालतमा सुनुवाइ भएको छैन । सरकारको निर्णयसहितको निवेदन अर्को पेसीमा पेस गर्न न्यायाधीशले आदेश दिएका छन् ।

सरकारको निर्णयको प्राध्यापक, विद्यार्थी, नागरिक समाज र सर्वसाधारणले विरोध गर्दै आएका छन् । प्रतिपक्षी एमालेले चलाउनेको मागमा ऐक्यबद्धता जनाएको छ । बुधबारको संसद् बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले न्यायको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए ।

पूर्वउपकुलपतिहरूले पनि चलाउनेको अनशनमा ऐक्यबद्धता जनाएका छन् । केदारभक्त माथेमासहित ९ पूर्वउपकुलपतिले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाभित्र अपराधलाई प्रोत्साहन हुने गरी सरकारले गरेको निर्णय अमर्यादित एवं गैरजिम्मेवार भएको भन्दै त्यसको भर्त्सना गरेका छन् । ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित, आपराधिक कार्यलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाती भएको देखिन्छ । मुद्दा फिर्ता लिने निर्णय तुरुन्त फिर्ता लिइयोस्,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वउपकुलपति माथेमा, अर्जुन कार्की, कमलकृष्ण जोशी, त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई, तोरणबहादुर कार्की, नवीनप्रकाशजंग शाह, महेशकुमार उपाध्याय र हीराबहादुर महर्जनले संयुक्त विज्ञप्ति जारी गर्दै मुद्दा फिर्ताको विरोध गरेका हुन् । यस्तै, प्राध्यापक डा। गोविन्द केसीले सरकारको निर्णय अनैतिक, लज्जास्पद र अमानवीय भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group