ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई वेस्ट इन्डिजको ३४० रनको लक्ष्य


एबीसी न्यूज
७ असार २०८०, बिहिबार   ५ : ३६   बजे

काठमाडौँ ७ असार । नेपाललाई विश्वकप छनोटमा बिहीबार वेस्ट इन्डिजले ३४० रनको लक्ष्य दिएको छ । जिम्बावेस्थित हरारेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ३४० रनको लक्ष्य दिएको हो ।

नेपालको तर्फबाट ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए भने करण केसी‚ गुल्शन झा‚ सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ११ विकेट लिए । खेलको सुरुआतमा राम्रो प्रदर्शनी गरे पनि वेस्ट इन्डिजका कप्तान साइ होप र निकोलास पुरानले क्रमशः १३२ र ११५ रन बनाएर नेपालमाथि दबाब सिर्जना गरेका थिए ।

नेपालले ५ वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो केवल दोस्रो खेल हो । यसै प्रतियोगितामा नेपालले जिम्बावेसँग खेलेको थियो । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।

अमेरिकाविरुद्ध खेलेको पछिल्लो खेलबाट नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । रोहितसहित नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।

वेस्ट इन्डिजको टोलीमा पनि कुनै परिवर्तन छैन । साइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिजबाट ब्रेन्डन किंग, केयल मायर्स, जोहनसन चार्ल्स, निकोलस पुरन, रोस्टन चेज, रोभमन पोवेल, जेसन होल्डर, किमो पाउल, अल्जारी जोसेफ, अकिल होसेन खेलिरहेका छन् ।

वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ४९।३ ओभरमा २ सय ९७ रनमा अलआउट भएको थियो ।

नेपाल पहिलो खेलमा २ सय ९० रनमा अलआउट भए पनि घरेलु टोली जिम्बावेसँग ४५ ओभरभित्र ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकालाई २ सय ७ रनमा अलआउट गर्दै नेपालले ६ विकेटको विजय हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu