ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनलाई स्पष्टीकरणबारे उच्च अदालतले प्राधिकरणसँग माग्यो जवाफ


एबीसी न्यूज
७ असार २०८०, बिहिबार   ५ : ४०   बजे

काठमाडौं ७ असार । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सोधिएको स्पष्टीकरणबारेमा उच्च अदालत पाटनले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग जवाफ मागेको छ।

उच्च अदालत पाटनका न्यायाधीश धीरजबहादुर चन्दको इजलासले विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेको प्रकरणमा सोधिएको स्पष्टीकरणबारे प्राधिकरणलाई कारण देखाउन भनेका हुन्।

न्यायाधीश शर्माको इजलासले यो प्रकणमा प्राधिकरणलाई कारण देखाउन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने निर्णय गरेको छ।

त्रिभुवन विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग विवाद भएपछि उनी अदालत गएका थिए।

प्राधिकरणले सोधेको स्पष्टीकरण बदर माग गर्दै मेयर शाह उच्च अदालत पाटनको ढोका ढक्ढक्याउन पुगेका थिए।

प्राधिकरणले महानगरलाई सोधेको स्पष्टीकरण संविधानप्रतिकुल भएकाले बदर मागसहित शाह अदालत गएका थिए।

नागरिक उड्ययन प्राधिकरणले सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको पाइएपछि महानगरले गत जेठ ३२ गते काम नै रोकिदिएको थियो।

त्यसबेला पार्क बनाउन जग्गा माग्दा नदिएपछि नगर प्रहरीको टोलीले विमानस्थल क्षेत्रको फेन्सिङ तार काटिदिएको थियो।

नक्सा पासबिनाको भवन र फेन्सिङ तार प्रकरणमा विवाद चर्किएपछि प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई स्पष्टीकरण सोधेको थियो।

प्राधिकरणले नेपाल नागरिक उड्डयन ऐनअनुसार उनीहरुमाथि किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो। त्यसैविरुद्ध बालेन अदालत गएका थिए।

तर बालेनले यस प्रकरणमा प्राधिकरणलाई स्पष्टीकरण दिएका थिएनन्। बालेनले हालेको रिटमा प्राधिकरणले संविधानविपरीत स्पष्टीकरण सोधेर महानगरको काममा असर पुर्‍याउन खोजेको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group