ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो छ प्रदेश नं. ५ मा पहिलो अधिवेशनको तयारी ?


admin
१९ माघ २०७४, शुक्रबार   ६ : ४२   बजे

काठमाडौं, १९ माघ । प्रादेशिक शासकीय शुभारम्भ गर्न यतिबेला प्रदेश प्रमुख, प्रदेश अस्थायी मुकाम र प्रदेश सभा सदस्यहरुको छिनोफानो भैसकेको छ । प्रदेशको कार्य सम्पदान गर्ने थलोका रुपमा रहेको मुख्य प्रादेशिक व्यवस्थापिका र मन्त्रालयको बिजनेस संचालन गर्न आवश्यक पूर्वाधारहरु भने अझै पनि पुरा भएका छैनन् ।

प्रदेश नम्बर ५ को प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ गतेदेखि सुरु हुंदैछ । अधिवेशनका लागि बुटवलस्थित बुटवल उद्योग बाणिज्य संघको सभा कक्षलाई संसदीय ढांचामा सिंगारिएको छ, प्रदेशसभा बैठक कक्षलाई । माघ २१ गते प्रदेश अधिवेशनको पहिलो बैठक हुने तालिका भए पनि अत्यावस्यक पूर्वाधार अझै पुरा हुन नसक्दा अलमलको स्थिति छ ।

प्रदेशअधिवेशन अन्तर्गतका सबै बैठक उद्योग बाणिज्य संघको सभाकक्षमा बस्ने भए पनि प्रदेश प्रमुखको कार्यालय भने रुपन्देही ब्यापार संघको भवनमा राखिएको छ ।

हाल रुपन्देही व्यापार संघको भवनबाटै प्रदेश सभाको सबै प्रशासकीय काम हुनेछ । प्रदेशसभा संचालनका लागि खटिएका कर्मचारीहरुपनि ब्यापार संघको भवनबाटै प्रदेशसभाको कार्यसम्पादन गरिरहेकाछन् । प्रदेशको सभामुख र उपसभामुखसहित प्रदेशसभाको सचिवालय भने बुटवल उद्योग बाणिज्य संघको भवनमा बस्ने गरि व्यवस्था मिलाईएको छ । उद्योग बाणिज्य संघको कार्यालयलाई नै सभाको सचिवालय बनाउने गरि कर्मचारीहरुले तयारी गरिरहेकाछन् ।

तर दुई दिन बांकी रहंदा पनि प्रदेश संसदभित्रका अत्यावस्यक पूर्वाधारको व्यवस्थापन अझै पनि पुरा भएको छैन । बैठक बस्ने दिन नजिकिदा पनि आवस्यक काम पुरा नहुंदा कर्मचारीहरु समेत अलमलमा परेका छन् । प्रदेशसभाहल भित्र सभामुख बस्ने आशन, रोस्टम, सत्तापक्ष र विपक्षी दलको कुर्र्ची, पत्रकार दिर्घा लगायतका सभा हलभित्र तयार गर्नुपर्ने तत्काल कामहरु हुन् । यद्यपी स्थानीय प्रशासन भने माघ २१ गते हुने बैठकको लागि चाहिने सबै पूर्वाधारका कार्य सम्पन्न हुने दावी गरेको छ ।

प्रदेश सभामा एमालेका ४१, कांग्रेसका १९, माओवादीका २०, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक गरी जम्मा ८७ सांसद पुग्ने छन् । संसदीय अभ्यास अनुसार बैठक कक्षमा सत्तापक्ष र विपक्षीका लागि छुट्टाछुट्टै ठाउ व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

सभामुख, संसद् सचिवको ड्यास बनाउने र साउन्ड सिस्टम मिलाउनुपर्ने हुन्छ । मर्यादापालक, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारण बस्ने ठाउं पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । मंगलबार आह्वान गरिएको बैठकका लागि सबै कार्य पुरा हुने विश्वास लिएका छन् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले ।

उता प्रदेश नम्बर ५को मुख्य मन्त्रीको कार्यालय सहित मन्त्रालय राख्ने भनिएको श्रम कार्यालयको भवन भने अहिलेसम्म पनि निर्माणधिन अवस्थामा छ । काठमाडौंबाट प्राविधिक र कर्मचारी नआएको भन्दै भवन निर्माणको जिम्मा पाएको डिभिजन कार्यालय स्वयं अलमलमा परको छ ।

यद्यपी प्रादेशिक मन्त्रालयहरूका लागि विभिन्न भवनहरू पनि प्रस्ताव गरिएका छन् । जसमा श्रम कार्यालयकै भवनमा मुख्यमन्त्रीसहित चारवटासम्म मन्त्रालयको प्रस्ताव गरिएको छ । त्यस्तै, निर्माणाधीन उच्च सरकारी वकिलको कार्यालयको भवनलाई प्रदेश प्रमुखको कार्यालय र निवासका लागि प्रस्ताव गरिएको छ । त्यस्तै, निवास डिभिजन सडक कार्यालयको गेस्ट हाउसमा छ ।

त्यस्तै, पहिले प्रदेश प्रमुखको निवासका लागि प्रस्ताव गरिएको सीप विकास तालिम केन्द्रको भवनलाई मन्त्रालयका रूपमा प्रस्ताव गरिएको छ । यातायात व्यवस्था कार्यालय अन्तर्गत सवारीतर्फको कार्यालयको आधा भागमा एउटा मन्त्रालय राख्ने गरी प्रस्ताव पनि अगाडि बढेको छ ।

प्रदेश प्रमुखको कार्यालय प्रदेश सभा भवनस्थलबाट झन्डै डेढ किलोमिटर दूरीमा रहेको रुपन्देही व्यापार संघको भवनमा छ । त्यस्तै, मुख्यमन्त्रीका लागि प्रस्तावित कार्यालय श्रम कार्यालयको निर्माणाधीन भवन पनि प्रदेश प्रमुख कार्यालयको नजिकै छ । प्रदेशसभाको बैठक बस्न २ दिन बांकी रहंदा मुख्यमन्त्री सहित मन्त्रालयहरु राख्ने स्थान निर्धारण हुन सकेको छैन । सरकारद्वारा खटाइएका कर्मचारी अझै बुटवल पुगेका छैनन् ।

सामान्य प्रशासन मन्त्रालयबाट बुटवल पठाइएका कर्मचारी सममै पुग्न नसक्दा यस्तो भएको हो । कर्मचारी नपुगेपछि संसद सचिवालय आफै जनशक्ति परिचालन गरि बैठकका लागि आवस्यक काम गर्न परेको प्राविधिक प्रमुख सुरेन्द्र अर्यालको भनाई छ ।

सम्बन्धित कर्मचारी समयमै पुग्न नसक्दा बैठक व्यवस्थापन लगायत मन्त्रालयको काममा प्रेसर बढेको छ । स्थानीय प्रशासनले सहजीकरण त गरेको छ, तर कामको प्रगति असाध्यै ढिला छ । जिम्मेवारी पाएका कर्मचारी पुग्न नसक्दा स्थानीय जनशक्ति परिचालन गरेर भएपनि काम त अगाडि बढेको छ । यद्यपी कर्मचारीहरुको लापरवाही रह्यो भने माघ २१ बैठक खल्लो बन्न सक्छ ।

ऐतिहासिक महत्व राख्ने प्रदेश सभा बैठक संचालनको लागि अत्यावस्यक व्यवस्थापनको निधो गर्ने जिम्मा पाएका कर्मचारीको लापरवाहीले २१ गतेको बैठक प्रभावित हुने आशंका गरिएको छ । समयमै कर्मचारी पुगेर काम गर्न नसके पहिलो बैठक पनि खल्लो बन्न सक्छ । यसर्थ जिम्मेवारी पाएका व्यक्तिको ढिलासुस्तीलाई सरकारले निगरानी गरि काम युद्धस्तरमा गरि बैठकलाई व्यवस्थित बनाउनै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशैभरि वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षाको चेतावनी

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu