ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर गौरवका योजना प्राथमिकतामा


एबीसी न्यूज
८ असार २०८०, शुक्रबार   १ : ०८   बजे

काठमाडौं, ८ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०÷८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ ।

बिहीबार नगरपालिकाले १४औँ नगरसभाबाट उक्त बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि रु चार लाख, नगरस्तरीय कभर्ड हल निर्माणका लागि रु ९० लाख, बसपार्क निर्माणका लागि रु चार लाख, नगर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, वडा–२ स्थित निर्माणाधीन खानेपानी योजनाका लागि रु एक करोड १४ लाख र सेफहाउस सञ्चालनका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी एमबीबीएस अध्ययनरत विद्यार्थीको छात्रवृत्ति लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताउनुभयो । “बजेटमा नगर गौरवका योजना प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाको आन्तरिक आय कम छ सङ्घबाट आउने रकम घटेर आएको छ ।” उहाँले यस पटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताउनुभयो ।

नगरको चालु आर्थिक वर्षको जम्मा आय रु ७१ करोड ९९ लाख ५६ हजारमध्ये जेठ मसान्तसम्म चालु खर्चतर्फ रु ३० करोड २४ लाख र पुँजीगत खर्चतर्फ रु नौ करोड तीन लाख रहेको छ । नगरपालिकाले अगामी आव २०८०÷८१ मा चालु र पुँजीगत खर्च गरी जम्मा रु ८८ करोड आठ लाख व्यय हुने अनुमान गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu