ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर महानगरको नयाँ बजेट ३ अर्ब २८ करोड


ABC NEWS
१० असार २०८०, आइतबार   २ : १२   बजे

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ ।

महानगरको १२ औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले आन्तरिक आम्दानीबाट प्रशासनिक खर्च समेत धान्न नसकेर राजश्व बाँडफाँटको रकम प्रशासनिक खर्च गर्दै आएको महानगरका लागि आगामी वर्षका लागि उक्त अनुमानि आयव्यय सार्वजनिक गरेकी हुन् ।

प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ६५ करोड, ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रमा ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रमा ८५ करोड २० लाख ४४ हजार, स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा क्षेत्रमा ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा २ करोड ७२ लाख रुपैयाँ अनुमानित खर्च हुने कार्कीको प्रक्षेपण थियो ।

सार्वजनिक बजेट चालु वर्षको तुलनामा ४८ करोड २५ लाखले न्यून हो । महानगरले चालु वर्षका लागि ३ अर्ब ७३ करोड ७५ लाख अनुमानित बजेट घोषणा गर्दै संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख पुर्‍याएको थियो ।

आगामी वर्षका लागि प्रस्तुत अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये संघीय सरकार अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, संघ सस्थााबट ३ करोड र नगद मौज्जादबाट २ करोड आय हुने अपेक्षा गरिएको कार्कीले बताइन् ।

चालु वर्ष घोषणा गरिएको ३ अर्ब ७३ करोड ७५ लाख बजेटलाई संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख ९८ हजार अनुमान गरिँदा यथार्थ आय २ अर्ब ८६ करोड ८३ लाख ८० हजार ४१ पैसा मात्र भएर २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपैयाँ मात्र खर्च भएको उपप्रमुख कार्कीले सार्वजनिक गरिन् ।

उनका अनुसार चालु वर्ष पुँजीगत खर्चतर्फ कुल व्यय २ अर्ब २७ करोड ७८ लाख २८ हजार ९ सय रुपैयाँ अनुमान गरिएकोमा ९० करोड १९ लाख ६ हजार ६ सय ७८ रुपैयाँ मात्र खर्च भएको छ । त्यसैगरी चालु खर्चतर्फ १ अर्ब ८४ करोड ३१ लाख ६९ हजार खर्च हुने अनुमान गर्दा १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७ सय २२ रुपैयाँ खर्च भएको कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group