ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन र कृषिमा महोत्तरीका स्थानीय तहको जोड


एबीसी न्यूज
१० असार २०८०, आइतबार   २ : १५   बजे
काठमाडौं, १० असार । आर्थिक विकास र समृद्धिका लागि महोत्तरीका स्थानीय तहले कृषि तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट मन्तव्यमार्फत यहाँका स्थानीय तहले कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका हुन् ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये सातले आ–आफ्नो नगर तथा गाउँसभामार्फत आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिएका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम असार १० गते भित्रै सम्बन्धित गाउँरनगरसभामा प्रस्तुत गरिसक्नुपर्ने स्वीकृत तालिकाअनुसार जिल्लाका मटिहानी, जलेश्वर, औरही र रामगोपालपुर नगरपालिकाका साथै एकडारा, महोत्तरी र पिपरा गाउँपालिकाले बजेट मन्तव्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
गत बुधबार नगरसभा सम्पन्न गरेको मटिहानी नगरपालिकाले रू ४० करोड ३९ लाख आठ हजारको बजेट प्रस्तुत गरेको छ । जलेश्वर नगरपालिकाले रू ७१ करोड ५३ लाख ८० हजार, औरही नगरपालिकाले रू ४० करोड ३३ लाख ५९ हजार र रामगोपालपुर नगरपालिकाले रू ४२ करोड चार  लाखको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।
त्यस्तै, एकडारा गाउँपालिकाले रू २६ करोड ५६ लाख ६५ हजार, महोत्तरी गाउँपालिकाले रू ४२ करोड ६४ हजार र पिपरा गाउँपालिकाले रू ४६ करोड ७९ लाख ६५ हजारको अनुमानित आयव्ययसहितको बजेट मन्तव्य र नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।
गाउँरनगरसभा आयोजना गरेका स्थानीय तहले कृषिलाई आर्थिक विकासको मुख्य आधार औल्याउँदै यसक्षेत्रको विकासका लागि किसानलाई बीउबीजन, मल, कृषि ज्यावल, सिँचाइ, बजार प्रवर्द्धनलगायत विषयमा जोड दिएका छन् । स्थानीय तहले पर्यटन प्रवद्र्धनको विषयलाई पनि उच्च प्राथमिकतामा राखेका छन् । जिल्लामा रहेका जलेश्वर नगरक्षेत्रका  प्रसिद्ध धार्मिकस्थल श्री जलेश्वरनाथको मन्दिर र प्राचीन धार्मिक महत्वका वरुण, पुरन्दर र भार्गवसरसहितका मनोरम तलाउलाई संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन् ।
जलेश्वर नगरपालिकाले धार्मिक एवं पर्यटकीय महत्व रहेका स्थलको सौन्दर्यवृद्धि र संरक्षण गरिँदै यिनलाई धार्मिक पर्यटनसँग जोड्ने प्रतिबद्धता जनाएको छ ।
मटिहानी नगरपालिकाले यहाँस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीसागर र यहाँका प्राचीन मठमन्दिरको जगेर्ना गर्दै यहाँस्थित तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय ९गुरुकुल०, महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ९संस्कृत क्याम्पस, स्नातकोत्तरसम्मको पठनपाठन हुँदै० लाई शैक्षिक पर्यटनको केन्द्र बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
औरहीले प्रसिद्ध धार्मिकस्थल श्री सोनामाई पिठको संरक्षण गर्ने, रामगोपालपुर नगरपालिकाले यहाँका प्राचीन तलाउको संरक्षण गर्दै आर्थिक विकाससँग जोड्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी महोत्तरी, एकडारा र पिपरा गाउँपालिकाले पनि आफ्नो ठाउँमा रहेका धार्मिक एवं पुरातात्विक महत्वका तलाउ र मठमन्दिरको संरक्षण एवं प्रवर्द्धनलाई जोड दिएका छन् ।  जिल्लामा गत बुधबारयता स्थानीय तहले स्वीकृत तालिका अनुसार गाउँरनगरसभा आयोजन गर्दै आएका छन् । कतिपय स्थानीय तहले स्वीकृत तालिकाको अन्तिम दिन आज गाउँरनगरसभा आयोजना गर्दैछन् ।
सङ्घीय सरकार तथा राष्ट्रिय योजना आयोगको वार्षिक कार्यतालिकामा स्थानीय तहले आगामी वर्षको बजेट आयव्यसहितको नीति तथा कार्यक्रम असार १० भित्र सक्नुपर्ने उल्लेख गरेअनुरुप अहिले स्थानीय तहले गाउँरनगरसभा आयोजना गरी बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group